४ वर्षीया बालिकासहित थप ११ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महोत्तरीका ४ वर्षीया बालिकासहित ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । यसैगरी महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाका ६५ पुरुष, तीन जना ५३, ८० र ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५४ वर्षीय पुरुष, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *