उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थप गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको उनले बताए । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने बस्नेतले बताए । उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *