उपत्यकामा ३८८ सहित देशभर ११२० संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ सहित बुधबार देशभर ११२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ३२० महिला र ८०० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म २३ हजार २९० कोरोनामुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *