उपत्यकामा ४४५ सहित १२२८ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ४ सय ४५ सहित नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३ सय ९४ महिला र ८ सय ३४ पुरुषमा संक्रमण पुष्टि भएका जानकारी दिए । जसमध्ये  काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । हाल सक्रिय संक्रमित १८ हजार चार सय १३ जना छन् । संक्रमितमध्ये १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसन र ६ हजार सात सय ४९ जना होम आइसोलेसनमा रहेको गौतमले जानकारी दिए । यस्तै, पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म २४ हजार २ सय ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमणमुक्त हुने दर ५६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *