कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषका संक्रमणबाट मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७, २२ वर्षीया ३ जना महिला र चितवनका ३५ वर्षीया महिला छन् । यस्तै सप्तरीका ५५ वर्षीय २ पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षित पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रूपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६२ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *