आगामी वर्षको मध्यसम्म पनि कोरोनाको खोप आउने सम्भावना छैन : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका हुन् । ‘अहिलेसम्म परीक्षणमा रहेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी हुने देखिएको छैन, उनले भने, ‘यसकारण अझै अनुसन्धानमा जोड दिन जरुरी छ।’ बीबीसी
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडौं।  मंसिर २२ गते सोमबार पुन. विवाह गर्न लागेकी नायिका श्वेता खड्काले जीवनका अनेकौं आरोह र अवरोहकाबीच नयाँ यात्रामा आइपुगेको बताएकी छन्। आइतबार लामो फेसबुक स्टाटस लेख्दै उनले जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, जीवनको नविन यात्रामा  जीवनका बिभिन्न आरोहअवरोह , उकालीओराली , सुखदुःख अनि हाँसोरोदनका पलहरूलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, ब्यथा, दुःख अनि कष्टहरूसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ...