१०४१ कोरोना संक्रमित थपिए, १५६६ डिस्चार्ज

काठमाडौं । नेपालमा शनिबार थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण देखिएको छ ।  यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै थप १ हजार ५ सय ६६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६० प्रतिशत हो ।  हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको प्रवक्ता गौतमले बताए । संक्रमतिमध्ये २४ जना भेन्टिलेटर र १६७ जनाको आइसियूमा उपचार भइरहेको छ । देशभर ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *