थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर पछिल्लो २४ घन्टामा ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार, प्रदेश १ मा मोरङकी ४३ वर्षीया एक महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे । त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रदेश ५ मा नवलपरासीका ३६ वर्षीया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *