नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ताबाट २६ गतेका लागि बैठक बोलाउने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि यसअघि बैठकको मिति तय भए पनि कोरोनाका कारण स्थगित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *