पुल्चोक झडपमा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ । कुटपिट अभियोगमा पक्राउ परेका १९ जनामध्ये तीन जनालाई भने छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *