उपत्यकाको निषेधाज्ञाबारे समीक्षा गर्न मेयर फोरमको बैठक बस्दै

काठमाडौं । काठमाडौं उत्यकामा जारी निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यका मेयर फोरमको बैठक बस्दैछ । मंगलबार दिउसो १ बजे राष्ट्रिय सभागृहमा बैठक बोलाएको हो । यसअघि लगाएको निषेधाज्ञा बुधबार सकिन लागेकाले निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सुझाव दिनका लागि छलफल गरिने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए । निषेधाज्ञाका सकारात्मक र नकरात्मक दुवै पक्षका विषयमा छलफल हुने भन्दै महर्जनले फोरमको बैठकले निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गर्ने बताए ।मेयरहरुको फोरमले दिएको सुझावका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउँदै आएका छन् । यसअघि साउन १७ गते लगाएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *