कांग्रेस महामन्त्री सशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब परिक्षण गर्दा कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । उनले संक्रमण भएपनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नदेखिएको जानकारी दिएका छन् । ‘चिकित्सकहरुको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ कोइरालाले ट्विटमार्फत् सार्वजनिकरुपमा आग्रह गरेका छन् । उनको स्वास्थ्य सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । अहिले उनी आफ्नै निवासमा क्वारेन्टाइनमा वसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *