उपत्यकामा निषेधाज्ञा खुकुलो: यातायातमा जोरविजोर लागू

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमशः खुकुलो पार्दै भोलिदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ । भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो । यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिनेभक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको उनको भनाई छ । उनका अनुसार यातायातमा जोरविजोर र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ । बढी भेला जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *