उपत्यकामा ‘फुटपाथ र ठेलाको व्यापार’मा रोक लगाउन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ । महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।’ भनिएको छ । जसमा असन्तुष्टि जनाउँदै महानगरको तर्फबाट उपमेयर खड्गीले प्रशासनको ध्यानाकर्षण गराएकी हुन् । ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुल गराउने उद्देश्यले जारी नगरिएको बताए । जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते जारी गरेको आदेशमा ‘फुटपाथ पसल र ठेला व्यापार’ खुल्ला गर्ने भनेपछि भित्री वडाहरुले भने आफ्नो वडामा यस प्रकारका गतिबिधि सञ्चालन गर्न नदिने सूचना प्रकाशन गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *