एमसीसी संशोधनसहित पारित गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले मिलिनियम च्यालेन्च कर्पोरेसन ९एमसीसी० सम्झौता संंशोधनपछि मात्रै पारित गर्ने निर्णय गरेको छ । शुक्रवार सम्पन्न बैठकले आवश्यकताअनुसार एमसीसी संशोधन हुने सहमति गरेको हो । लामो समयसम्म एमसीसी पारित गर्न हुने र नहुने विषयमा बहस भइरहेकोमा बैठकले भने संशोधन गरी पारित हुने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकताका आधारमा संशोधन हुने जानकारी दिए । यसअघि ओलीले एमसीसी जस्ताको त्यस्तै पारित हुने अडान लिएका थिए भने भीम रावललगायतका नेताले राष्ट्रहित वितरित भएकाले संशोधनपछि मात्रै पारित गर्नुपर्ने माग गर्दै आएका थिए । कार्यदलले तयार पारेको प्रतिवेदनमा एमसीसी संशोधनपछि पारित गर्ने प्रस्ताव गरिएको थियो । ओली प्रस्तावमा सहमत देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *