स्थगित भिसा सेवा सुरु

काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आज आइतबारदेखि सुरु गरेको छ । सरकारले १६ भदौदेखि सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हाल सीमित संख्यामा दैनिक ८ सय जना यात्रुले अन्तर्राष्ट्रिय उडानको सुविधा लिइरहेका छन् । सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै विभागले पनि स्थगित भएको भिसा सेवा फेरि सुरु गर्ने निर्णय गरेको हो । विभागका अनुसार भिसाको म्याद सकिएकालाई ११ असोजसम्म भिसा शुल्क मात्रै लिई नवीकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *