देशभर १ हजार ३२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको नमुना परिक्षण गर्दा १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै थप ९६६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४६ हजार २३३ पुगेको छ । यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो । हाल सक्रिय संक्रमित भने १७ हजार ४७८ जना छन् । त्यसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ७ जना बसेका छन् । संक्रमितमध्ये १९० जनाको आइसियू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ७ हजार ४५१ जना छन् । नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *