पूर्ण सीट क्षमतामा यात्रु राख्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौं । पूर्ण सीट क्षमतामा यात्रु राखेर यातायात सञ्चालन गर्ने यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् । असोज १ गतेदेखि आधा सीट क्षमतामा ५० प्रतशत बढि भाडा लिएर यात्रु ओसारपोसार गरिरहेका यातायात व्यवसायीहरुले एअरलाइन्सलाई पूर्णक्षमतामा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेपछि यस्तो चेतावनी दिएका हुन् । सरकारले एयरलाइन्सहरुलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरेर सरकारले विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए । पहुँचकै आधारमा जहाजले सबै सिटमा यात्रु राख्ने अनुमती पाएको उनको आरोप छ । जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड अनुसार पूरा सिटमा यात्रु राख्ने उनको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *