थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४३९ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । बिहीबार देशभरबाट चार सय ५७ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५० हजार चार सय ११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  संक्रमित निको हुने दर ७२.७ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल सक्रिय संक्रमित भने १८ हजार चार सय ३७ जना छन् । यस्तै, एकैदिन १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।  
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *