१ हजार २०७ संक्रमित थपिए, १ हजार १४७ डिस्चार्ज

काठमाडौं । नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १० हजार १९ जनामा पीसीआर परिक्षण गर्दा १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । यस्तै थप १ हजार १ सय ४७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५३ हजार १३ पुगेको छ । संक्रमित निको हुने दर ७३.८ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । हाल देशभर ६ हजार ३३१ जना क्वारेन्टाइनमारहेका छन् । सक्रिय संक्रमित भने १८ हजार तीन सय ४१ जना छन् । पछिल्लो २४ घण्टामा देशभरमा थप ८ जनाको मृत्यु भएको छ । मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *