देशभर थपिए २ हजार २५३ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनामा पीसीआर परिक्षण गर्दा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यस्तै थप १ हजार ३ सय २९ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६४ हजार ६९ पुगेको छ । हाल देशभर २२ हजार २१९ जना सक्रिय संक्रमितको रहेको प्रवक्ता गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *