थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा १ हजार ५ सय ३१ सहित नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परिक्षण गर्दा काठमाडौं जिल्लामा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० सहित देशभर २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । यस्तै थप १ हजार १ सय ३३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६५ हजार २०२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सय सात पुगेको छ । संस्थागत आइसोलेसनमा ११ हजार एक सय ९१ जना र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २४४ जना आइसियू र ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । यस्तै, नेपालमा एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ । सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *