प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्ताव पारित

काठमाडौं । प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल खसेको ८२ मध्ये ६९ मत राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको पक्षमा खसेको हो । १३ मत भने विपक्षमा खसेको थियो कुल ८७ सांसदमध्ये मंगलबारको बैठकमा ८२ सांसदमात्रै उपस्थित थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदलाई पक्षमा मतदानका लागि ह्वीप जारी गरिएको थियो भने कांग्रेसले पनि विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *