थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४७ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । यस्तै थप २ हजार ३४० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *