नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ५९ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनामा पीसीआर परिक्षण गरिएको प्रवक्ता गोतमले बताए । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै थप १ हजार ६ सय ८० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ७३ हजार २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *