थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ सहित उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । २४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *