इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी

काठमाडौं । यूरी टिएलेम्यान्सको दुई गोलको मद्दतमा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीका लागि यूरी टिएलेम्यान्सले २ तथा हार्भी बार्नेस र जेमी भर्डीको एक–एक गोल गरे । पहिलो हाफको दोस्रो मिनेटमै लेस्टरका लागि हार्भी बार्नेसले लेस्टरका लागि पहिलो गोल गर्दे सुरुवाती अग्रता दिलाए । खेलको २१ औं मिनेटमा यूरी टिएलेम्यान्सले अर्को गोल गर्दे लेस्टरको अग्रता २–० बनाए । पहिलो हाफमा गोल गर्न नसकेको लीड्स युनाइटेडले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । लीड्स युनाइटेडका लागि ४८ औँ मिनेटमा स्टूआर्ट डालासले एक गोल फर्काए । दोस्रो हाफको ७६ औं मिनेटमा जेमी भर्डीले अर्को गोल गर्दे लेस्टरको अग्रता ३–१ बनाए । खेलको अत्तिरिक्त समययमा यूरी टिएलेम्यान्सले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दा लेस्टर ४–१ विजयी भयो । जितसँगै लेस्टर अंक तालिकामा अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । टोलीको सात खेलबाट १५ अंक जोडेको छ । लेस्टर शीर्ष स्थानको लिभरपुल भन्दा मात्रै एक अंकले पछि रहेको छ । १० अंकसहित लीड्स १२ औँ स्थानमा छ । लिग अन्तर्गत सोमबार राति भएको अर्को खेलमा फुलह्यामले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *