नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ

काठमाडौं । युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् । उनले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण पक्राउ परेका हुन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने बुधबार तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले गौतमलाई पक्रेको हो । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् । गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *