पार्टी प्यालेसमा खाना खुवाउनुस्, भाडा महानगरले तिर्छः मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा खाना खुवाउनको विकल्प खोज्नुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइएकाले यसको विकल्प खोज्नुपर्ने बताएका हुन् । यसको व्यवस्थापनको लागि अहिले खाना खुवाइरहेका अभियान्ताहरुसँग महानगरले छलफल चलाइरहेको उनले जानकारी दिएका हुन् । ‘‘कोही भोको नपरुन् भन्ने सबैको आशय हो। काठमाडौं महानगर व्यवस्थापनको लागि तयार छ। कुनै पार्टी प्यालेसमा खुवाउने व्यवस्था गरे पार्टी प्यालेसको भाडा महानगरले ब्यहोर्छ,’ उनले भने। खुलामञ्चमै खाना खुवाउनु पर्छ भनेर लिडेढिपी गर्नु गैरजिम्मेवारी कार्य भएको उनले बताए । त्यसरी सार्वजनिक स्थानमा खाना खुवाउँदा मिडिया मार्फत फोटो भिडियो सार्वजनिक भएर उनीहरुको स्वाभिमानमा चोट पुग्ने उनको तर्क छ। ‘पत्रपत्रिकामा आएको फोटो घर परिवारले, साथीभाइले देख्दा उनीहरुको स्वाभिमानमा चोट लाग्छ। त्यस्तै यही फोटो र भिडियो अन्तर्राष्ट्रिय स्तरमा जाँदा विदेशमा रहेका नेपालीले अरु देशका नागरिकसँग कसरी आँखा जुधाउने? बरु त्यसैलाई व्यवस्थापन गर्न सकिन्छ नि,’ शाक्यले भने । अभियान्ता, राजनैतिक दल, माननीयहरुले कोही भोको नरहुन भनेर गरेको चिन्तालाई मनन् गर्दै महानगर अघि बढेको उनले बताए।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडौं।  मंसिर २२ गते सोमबार पुन. विवाह गर्न लागेकी नायिका श्वेता खड्काले जीवनका अनेकौं आरोह र अवरोहकाबीच नयाँ यात्रामा आइपुगेको बताएकी छन्। आइतबार लामो फेसबुक स्टाटस लेख्दै उनले जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, जीवनको नविन यात्रामा  जीवनका बिभिन्न आरोहअवरोह , उकालीओराली , सुखदुःख अनि हाँसोरोदनका पलहरूलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, ब्यथा, दुःख अनि कष्टहरूसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ...