यस वर्षको तिहारका लागि फूल आयात नगर्ने

काठमाडौं । यस वर्षको तिहारका लागि भारतबाट फूल आयात नगरिने भएको छ ।  कोरोना भाइरसका कारण  यस वर्ष पुष्प व्यापारमा कमी आउन सक्ने भन्दै व्यवसायीहरूले  स्वदेशी उत्पादनले नै धान्ने भएकाले यसपटक भारतबाट फूल आयात नगर्ने फ्लोरिकल्चर एसोसिएसनको अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए । गत वर्षको तिहारमा जस्तो फूलको व्यापार नहुने भन्दै व्यवसायी चिन्तित रहेको श्रेष्ठ बताउँछन् । कोरोना भाइरसका कारण पसल, कम्प्लेक्स, महल र  विभिन्न पेसाकर्मीहरू बाहिर  र कतिपय बन्द रहेका छन् ।  उपत्यकामा  यसपटक जनसंख्या पनि  कम हुने भएकाले फूल कम खपत हुने  अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष भारतबाट दुई लाख माला आयात गरिएको थियो । भारतबाट दुई लाख माला आयात हुँदा पनि एउटै मालाको मूल्य सामान्य मालाको एक सय  ५० रुपैयाँदेखि सात सयसम्म रहेको  थियो ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *