वीर अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले बुधबार सामूहिक राजीनामा दिएका हुन् । अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा माहामारीमा काम गर्दा आफ्ना माग पेस गर्दा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले स्वास्थयकर्मीको मनोवल गिरेको उल्लेख गरिएको छ । धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् । दसैँ नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा आन्दोलन गरेका थिए । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का पदाधिकारी बसेको कोठामा ताला लगाएका थिए । सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर लिखित माग प्रस्तुत गरिए पनि कुनै सम्बोधन नभएपछि उनीहरुले आन्दोलन गरेका थिए ।  
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *