सामसङ नयाँ स्मार्टफोन ल्याउने तयारीमा

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने तयारी गरेको भारतीय सञ्चार माध्यम जागरणले बताएको छ । एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको अनुमान गरिएको हो । कम्पनीले यसबारेमा आधिकारिक जानकारी दिएको छैन । यो स्मार्टफोन ग्यालेक्सी ए११ को अपग्रेडेड भर्जन हुन सक्छ । अब आउने स्मार्टफोनमा प्रयोगकर्ताले एनएफसी सर्पोट सुविधा पाउने छन् । यसमा ६४ जिबी स्टोरेज हुने छ । सर्टिफिकेसन वेबसाइट एनएफसीमा यो फोनको फिचरबारे भने केही उल्लेख गरिएको छैन । यहाँ दिएको जानकारीअनुसार यस फोनमा ग्यालेक्सी ए११ मा दिइएको जति नै प्रोसेर दिइने छ । यो बाहेक उत्कृष्ट फोटोग्राफीको लागि यसमा तीनवटा क्यामेरा हुनसक्छ । फोनमा मुख्य क्यामेरा १३ एपमीको हुनसक्ने छ । यसबाट के स्पष्ट हुन्छ भने कम्पनीले यो फोन इन्ट्री लेबल सेगमेन्टमा लञ्च गर्छ । एक रिपोर्टका अनुसार ग्यालेक्सी ए१२ ब्ल्याक, रेड, ह्वाइट र ब्लु गरी चारवटा रङमा आउने छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *