देशभर थपिए २७५३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार चार सय २३ जनाको नमुना परीक्षण गर्दा काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ सहित देशभर २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। यस्तै, देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन् । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये तीन सय ६५ जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ ।  
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *