देशभर थप २ हजार ५७१ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १७७ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ। यस्तै देशभर थप १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन् । संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ३६ हजार एक सय ७४ जना रहेका छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये चार सय ११ जनाको आइसियू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *