मुम्बईले जित्यो आइपिएलकाे उपाधि

काठमाडौं । मंगलबार राति भएको फाइनलमा मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको उपाधि जितेको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो । योसँगै दिल्लीको मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोनुपर्यो । खेलमा १५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८।४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेर्टाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ ब्लमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाएका थिए । बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिन सफल भए । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएसँगै मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो ।  
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *