मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । गृहका प्रवक्ता चक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जानकारी दिएका छन् । ‘किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ(संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिने,’ सूचनामा उल्लेख गरिएको छ ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *