काठमाडौंमा एन्टिजेन विधिबाट कोरोना परीक्षण

काठमाडौं । सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परिक्षण शुरु हुन लागिएको पाण्डेले बताए । उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चावहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा आज एन्टिजेन परिक्षण हुनेछ । पहिले काठमाडौं उपत्यकामा परिक्षण गरिने र त्यसको प्रभावकारिताको अवस्था हेरेर उपत्यका बहिर पनि यो परिक्षण विधि प्रयोग गरिने महाशाखाले जनाएको छ । सातै वटा प्रदेशमा एन्टिजेन परिक्षणका लागि तालिम शुरु भइसकेको पनि डा. पाण्डले जानकारी दिए । के हो एन्टिजेन  एन्टिजेन सामान्य परीक्षणको आधारमा कोरोना संक्रमण भएनभएको थाहा पाइने विधि हो। परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ ।  एन्टिजेन परीक्षणले पनि शरीरमा कोरोना भाइरस रहे–नरहेको पत्ता लगाउने तर भाइरस पत्ता लगाउनका लागि उपकरण चहिँदैन । घाँटी र नाकको स्वाब लिएर सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिट एन्टीजेन किटमा एक थोपा राख्दा लाइन आयो भने ऊ कोरोनाभाइरस संक्रमित छ वा पोजेटिभ छ भन्ने थाहा हुन्छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८ देखि ७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिनेमा एन्टिजेनमा आधारित परीक्षण गर्दा १५ मिनेटमा नै रिर्पोट आउने बताइएको छ । पिसिआरको तुलनामा एन्टिजेनमा आधारित परीक्षण धेरै सस्तो पनि पर्ने विज्ञहरुको भनाइ छ ।  
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *