पौडेलमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली काँग्रेस संसदीय दलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको हस्तक्षेपप्रति भत्र्सना गरेको छ। बुधबार तनहुँको व्यास नगरपालिकाको तालघरेमा नेता पौडेल र नेपाली काँग्रेस तनहुँका नेता, कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी पक्राउ गरिएको थियो। शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले नेपाली कांग्रेसका नेता, कार्यकतामाथि अभद्र व्यवहार गरेको भन्दै बिहीबार संसदीय दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै भत्र्सना गरेका हुन्। उनीहरुले संविधानले भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकको सुनिश्चितता गरेको भन्दै उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेका छन्। ‘नेपालको संविधानद्वारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पु¥याउने गरी भएको उक्त कार्यको निन्दा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत माथि भएको अन्यायको छानविन गरी दोषी माथि कारबाही गरियोस् भनी नेपाली कांग्रेस संसदीय दल (राष्ट्रिय सभा) नेपाल सरकारसंग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *