‘महिला हिंसा रोक्न आफैँबाट सुरु गरौँ’

काठमाडौं। महिला तथा बालबालिकामन्त्री लीलानाथ श्रेष्ठले महिलामाथि हुने हिंसा रोक्न आफैँबाट सुरु गर्नुपर्ने बताएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानमा बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिले सिंहदरबारमा गरेको कार्यक्रममा जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले महिला हिंसाको अन्त्य गर्न आफूहरूबाटै सुरु गर्नुपर्ने बताएका हुन्। समानताको सुरुवात आफैँबाट हुनुपर्नेमा श्रेष्ठले जोड दिए। उनले भने, ‘समान व्यवहार हामीबाटै सुरु गर्नुपर्छ। हामीले गरेपछि परिवार, समाज र देशले सुरु गर्छ। हाम्रा छोरीहरूमाथि कसैले नराम्रो नजरले हेऱ्यो भने पीडा हुन्छ। त्यसकारण समाजमा सबैलाई सम्मान दिनुपर्छ।’ विभेदविरुद्धको कानुनहरू बने पनि लागू नभएको श्रेष्ठको भनाइ छ। सांसदहरूले संसदमा पनि महिला हिंसाविरुद्ध महत्वपूर्ण आवाज उठाएको उनले बताए।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *