जोरबिजोर प्रणाली हटाउन व्यवसायीको माग

काठमाडौं। यातायात व्यवसायीहरुले सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउन सरकारसँग माग गरेका छन्। व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघसहित तीनवटै यातायात व्यवसायी मजदुर संगठनहरुले हालसम्म कायम रहँदै आएको जोरबिजोर प्रणाली आगामी मंसिर २५ गतेबाट पुर्णरुपमा खारेज गर्न सरकारसँग माग गरेका हुन्। बजार, उद्योग कलकारखानासहित सार्वजनिक क्षेत्रहरु क्रमिक रुपमा खुल्दै गइरहेको अवस्थामा सर्वसाधारण नागरिकहरु समेत कोभिड–१९ को त्रासबाट बाहिर निस्किएर दैनिक जीवन यापन तथा काम काजमा लागिसकेको अवस्थामा जोरबिजोर प्रणालीको कुनै अर्थ नहुने व्यवसायिहरुको भनाई छ। कोभिड–१९ को सन्त्रासबाट विस्तारै सहजतातर्फ अघिबढिरहेको समाजमा संक्रमणको जोखिम कम गर्नुको साटो जोरबिजोर प्रणालीले उल्टो थप जोखिम बढाउने काम गरेको र असहजता पैदा गर्ने काम गरेको व्यवसायीहरुको भनाई छ।
यसअघि पनि यातायात व्यवसायीहरुले हाल कायम रहँदै आएको जोरबिजोर प्रणाली पूर्णरुपमा खारेज गरेर आगामी मंसिर २५ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात खुल्ला गर्न जिल्ला प्रशासन कार्यलय काठमाडौं र कोभिड–१९ रोकथाम तथा उपचार केन्द्र (सीसीएमसी)सँग माग गरेको छ।
[Sassy_Social_Share]

Leave a Reply

Your email address will not be published. Required fields are marked *