गाई चराउने मैदान नबनोस् भनेर गोकर्णको म्याद थप्यौं : नेपाल ट्रस्ट

समयमा निर्णय नगर्दा गोकर्णमा यति समूहले प्रयोग गरिरहेको २ हजार ७९३ रोपनी जग्गा ‘गाई चराउने मैदान हुनसक्ने’ भएकाले अहिले नै लिज अवधि थप्नु परेको ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले बताए । उनले भने, ‘५ वर्ष पछाडि समयमा केही भएन भने गल्फ कोर्सले गाई चराउने मैदान हुन्छ नि । यसको जिम्मा कसले लिने ? सुकुम्बासीहरु आए बसे भने के गर्ने ?’

कानून अनुसार निर्णय गरेको भन्दै उनले यो निर्णय गरेमा कुनै पश्चाताप नभएको उनले बताए ।

नेपाल ट्रष्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले यति समूहलाई थप २५ वर्ष भाडामा दिने निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको दाबी गरे । ‘कसको दबाव केही होइन’ उनले भने, ‘यो निर्णयले सरकारले बोलेपछि गर्दोरहेछ, सरकारी जग्गामा पनि लगानी गर्न सकिने रहेछ भन्ने भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *