समाचार

सबै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा नहुने भएको छ। आगामी फागुन २० गतेदेखि पोखरामा सञ्चालन हुने भनिएको खेलकुद प्रतियोगिता कोरोना संक्रमणको जोखिमका कारण आयोजना गर्न नसकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए। गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन्। स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे। खेल कहिले...

सूचना-प्रविधि

सबै

राम्रो नेपाल