प्रदेश

कर्णाली राजमार्गका फलामे पुल जीर्ण

जुम्ला, २५ माघ – कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल बेलिब्रिज जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भए पनि १४ वर्ष पुराना त्यस्ता पुलमा अहिले पनि सवारी साधान गुड्दैछ ।

लामो समयदेखि पुलमा निरन्तर गाडी गुड्ने र माटो थुप्रिएकाले पुलका सबै फलामे डण्डी खिएका छन् । उक्त राजमार्गअन्तर्गतको कालिकोट र सेरीघाट तिलानदी माथिको पुल र जुम्ला र कालिकोट सिमानामा पर्ने हिमा नदीमाथिको फलामे पुल जीर्ण छ भइसकेको छ । पुलमा कसिएका कतिपय नट झरिसकेको अवस्थामा पनि गड्ने गाडीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

रारा आउने आन्तरिक र बाह्य पर्यटक पनि यो पुलको अवस्था दयनीय भइसकको बताउँछन् दिनहुँ कर्णाली राजमार्ग भएर आउने उनीहरू पुलको अवस्था देखेर भयभित हुन्छन् । तिला कर्णाली यातायात प्रालीका सचिव लक्ष्मीबहादुर रोकायाका अनुसार पक्की पुल नबनेको र फलामे पुलको आयु पनि सकिसकेको छ तर पनि गाडी गुडाउन बाध्य छौँ । उक्त राजमार्गअन्तर्गत अन्य दुई दर्जन पुल पनि अलपत्र हुँदा पनि कसैको चासो नरहेको उहाँको गुनासो छ ।

यस राजमार्गमा त्रासमै चालकले सवारी साधन चलाइरहेका छन् । किला–काँटा फुस्किएर फलामे पुल जीर्ण भइसक्दा पनि पुलमाथि गाडी गुडाउनुपरेको चालक राजबहादुर रावलले बताउनुभयो

सडक डिभिजन कार्यालयका प्रमुख माधव अधिकारीका अनुसार यहाँका केही पुल निर्माण भइसकेका छन् भने केही पुल निर्माणाधीन अवस्थामा छन् । उहाँले भन्नुभयो, “फलामे पुल त जीर्ण अवस्थामा छन नै्, यस्ता पुलको आयु पाँचदेखि आठ वर्षसम्म मात्र हुन्छ तर पनि १४ वर्षसम्म त्यही जीर्ण पुलमाथि गाडी गुडेका छन् ।

पक्की पुल निर्माणका लागि जिम्मेवारी दिएका ठेकेदारलाई ताकेता गरिरहेका छौँ कतिपय ठेकेदारलाई कालोसूचीमा पनि राखियो तै पनि काम छिटो छरितो हुन सकेको छैन । रासस

सर्वत्र आलोचनापछि गाउँपालिकाले आफ्नो निर्णय सच्यायो

ओखलढुंगा, माघ २१ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आफ्नो गलत निर्णय सच्याएको छ । गत साउन २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयका विषयमा चौतर्फी आलोचना भएपछि माघ १६ गते अर्को बैठक राखेर गाउँपालिकाले आफ्नै निर्णय बदर गरेको हो ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा निकासीका लागि भदौ ३ गते शिलबन्दी बोलपत्र आह्वान गरेर ठेक्का लगाएको थियो । करोडौं मूल्य पर्ने ढुंगा, गिटी, बालुवा वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी २ लाख रुपैयाँमा ठेक्का लगाएको भन्दै प्रदेश सांसद अम्बिरबाबु गुरुङसहितले चर्को आलोचना गरेका थिए ।

त्यसपछि गाउँपालिकाले ठोट्ने खोला, ओडारे धनमुडा र चार्खूको चिशंखुक्षेत्रमा पर्ने क्षेत्रको ढुंगा, गिटी, बालुवा र  ग्राबेलको निकासी गर्न सिद्धिचरण नगरपालिका ४ का सविन श्रेष्ठसँग असोज ७ गते भएको सम्झौता बदर गर्ने निर्णय गरेको जनाएको छ ।

स्थायी राजधानी तोक्न सहमति खोजिदैँ : मुख्यमन्त्री पौडेल

हेटौँडा, २६ कात्तिक :  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ ।

Sanibar.com सँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो, “ प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ ।”

मुख्यमन्त्री पौडेलले प्रदेश नं. ३ अन्तर्गत १३ जिल्लाका ११९ स्थानीय तहलाई समेट्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने गृहकार्य भइरहेको उल्लेख गर्दै जिल्लाको विकास योजना कार्यान्वयन गर्न सरकारी अनुदान उपलब्ध गराई सकेको जानकारी दिनुभयो ।

सरकारी सेवा प्रवाहलाई अझ बढी व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने कार्यमा सरकार लागिपरेको छ, उहाँले भन्नुभयो, “जनतालाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवालाई थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सरकारले विकाससँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई लिखित निर्देशन पठाइसकेको छ ।

हेटौँडालाई स्थायी राजधानी बनाउन माग

हेटाँैडा, २१ कात्तिक : उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटाँैडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटाँैडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटाँैडालाई स्थायी राजधानी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले हेटाँैडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

प्राध्यापक रामविलाश यादवले हेटाँैडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राख्नुभयो । व्यवसायी रामप्रसाद घिमिरेले हेटाँैडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताउनुभयो ।

क्रसर उद्योग सङ्कटमा

मकवानपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरू सङ्कटमा परेका छन् । प्रदेश र सङ्घीय सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि त्यहाँ सञ्चालित उद्योगहरू बन्द भएका छन् । उद्योग बन्दको कारण ढुङ्गा, गिट्टी र बालुवाको कारोबारमा समस्या आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले क्रसर उद्योग बन्दका कारणले विकास निर्माण, भवन, आवास, पुल, कल्भर्टलगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्न समस्या भएको जनाएका छ ।

जिल्ला समन्वय समितिले प्रदेश नं ३ सरकार र सम्बन्धित सङ्घीय सरकारलाई पत्राचार गरी क्रसर उद्योग सञ्चालन गर्न आग्रह गरेको छ । क्रसर उद्योगको कारणले वातावरणमा असर पुगेको, मानवबस्ती जोखिममा परेको र प्राकृतिक विपत्ति बढेकाले उद्योग बन्द गरिएको बताइएको छ ।

सबै हिसाबले प्रदेश नं ३ को राजधानी हेटौँडा नै उपयुक्त नेता बानियाँ

हेटौँडा, २४ असोज : प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौँमा नाकाबन्दी लाग्नसकिन्छ ।”

नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरु हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौँडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौँ, नेकपाका प्रदेशसभा सदस्यले जोड गरिदिए राजधानी हेटौँडामा रहन सक्छ ।” हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौँमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उहाँको भनाइ छ ।

नेता बानियाँले सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश नं ३ को राजधानी हेटौँडा उपयुक्त रहेको बताउनुभयो ।

युनियनका जिल्ला अध्यक्ष कुमार अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

बिशेष समाचार

%d bloggers like this: