अर्थ/कर्पोरेट

सुनको भाउ घट्यो

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ । 

पुनर्बासबाट १८ किलो सुन बरामद

धनगढी, २ माघ – प्रहरीले कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्र पुनर्बासबाट १८ किलो सुन बरामद गरेको छ। सुन ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलाली प्रहरी तथा अपराध अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले १८ किलो सुन बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले पुनर्बास नगरपालिका–२ दशरथ वस्तीबाट सुन बरामद गरिएको बताए। तिम्सिनाका अनुसार बिहान करिब ११ बजे सुन बरामद गरिएको र पक्राउ परेका अभियुक्तहरुमाथि अनुसन्धान सुरु गरिएको छ।

विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने

विराटनगर, २४ असोज : मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एक्स्पोमा स्वदेशी तथा विदेशी राष्ट्रको लगानीकर्ता र उत्पादक, वितरक र निर्यातलाई एकै ठाउँमा राखी प्रत्यक्ष रूपमा अवलोकन गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको उहाँले बताउनुभयो ।

एक्स्पोमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन तथा दैनिक उपभोग्य वस्तु सम्बन्धी स्टल रहनेछ ।

त्यस्तै मनोरञ्जनका लागि दैनिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पो आयोजनास्थल निर्माणका लागि रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि विभिन्न १२ वटा उपसमितिसमेत गठन गरेको सङ्घले जनाएको छ ।

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

 काठमाडौं– नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गरी काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थितत ताम्राकार कम्प्लेक्समा दशैं मेला हुने भएको छ ।
यही असोज २३ गतेदेखि हुने मोबाइल मेलामा असोज ३१ गते सम्म हुनेछ । कम्प्लेक्सभिका मोबाइल पसलहरुमा मोबाइल खरिद विक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट हुने मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले Sanibar News लाई बताउनुभयो ।
‘हामी सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक सेवामा समेत अगाडि बढिरहेका छौं’ अध्यक्ष साउदले भन्नुभयो– ‘यस मेलमा अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर कालिकोट जिल्लाको रास्कोट सामूदायीक अस्पतालाई निर्माणको लागि सहयोग गर्नेछौँ ।’मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुन लागेको हो ।

दशैं मोबाइल मेलामा ६० प्रतिशत छुट

ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् । दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् । यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु. २० संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ ।

 

दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए । ‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर बिभिन्न अफरहरुका साथमा सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उनले भने।

 

 

एक अर्ब बढीका सबै कम्पनी अनिवार्य सेयर बजारमा सूचीकृत

सरकारले रु एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउने उल्लेख गर्नुभयो ।

बजेटमा नेपाल क्रेडिट रेटिङ गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने उल्लेख छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषलगायतका अन्य कोषको प्रभावकारी नियमन गर्न नियमक निकायको व्यवस्था गरिनेछ ।

आगामी आर्थिक वर्षमा वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले आगामी आवामा पूर्वाधार बैंक सञ्चालनमा ल्याउने र वित्त क्षेत्रले सम्रिसित वित्त विधिमार्फत पूर्वाधारमा लगानी गरिने बताएको छ ।

वित्तीय क्षेत्रमा नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंक ऐन, बीमा ऐन र धितोपत्र ऐनमा समयानुकूल संशोधन गर्ने उल्लेख गरिएको छ ।

एक वर्षभित्र सबै नेपालको बैंक खाता खोल्ने अभियान सञ्चालन गर्ने र आगामी वर्षदेखि सरकारको राजश्व असुली र खर्चको भुक्तानी विद्युतीय माध्यमबाटै मिलाइने बजेटमा उल्लेख छ ।

लघुवित्त संस्था र वित्तीय सहकारीलाई कर्जा सूचना केन्द्रको सञ्चालनमा आबद्ध गरिने र वैदेशिक रोजगार कर्जा, शिक्षित बेरोजगार कर्जा, शैक्षिक कर्जा तथा बिना धितो प्रदान गरिने अन्य सबै कर्जालाई सूचना केन्द्रको दायरामा ल्याइने भनिएको छ ।

बजेटमा साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा वृद्धि गरी रु तीन लाख र धितोरहीत प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा रु १० लाख पु¥याउने व्यवस्था गरिएको छ ।

आगामी दुई वर्षभित्र सबै बीमा कम्पनीहरुले कूल बीमा कारोबारमध्ये लघु बीमाको कारोबार कम्तीमा रु १० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
––आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउने उल्लेख गर्नुभयो ।

बजेटमा नेपाल क्रेडिट रेटिङ गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने उल्लेख छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषलगायतका अन्य कोषको प्रभावकारी नियमन गर्न नियमक निकायको व्यवस्था गरिनेछ ।

आगामी आर्थिक वर्षमा वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले आगामी आवामा पूर्वाधार बैंक सञ्चालनमा ल्याउने र वित्त क्षेत्रले सम्रिसित वित्त विधिमार्फत पूर्वाधारमा लगानी गरिने बताएको छ ।

वित्तीय क्षेत्रमा नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंक ऐन, बीमा ऐन र धितोपत्र ऐनमा समयानुकूल संशोधन गर्ने उल्लेख गरिएको छ ।

एक वर्षभित्र सबै नेपालको बैंक खाता खोल्ने अभियान सञ्चालन गर्ने र आगामी वर्षदेखि सरकारको राजश्व असुली र खर्चको भुक्तानी विद्युतीय माध्यमबाटै मिलाइने बजेटमा उल्लेख छ ।

लघुवित्त संस्था र वित्तीय सहकारीलाई कर्जा सूचना केन्द्रको सञ्चालनमा आबद्ध गरिने र वैदेशिक रोजगार कर्जा, शिक्षित बेरोजगार कर्जा, शैक्षिक कर्जा तथा बिना धितो प्रदान गरिने अन्य सबै कर्जालाई सूचना केन्द्रको दायरामा ल्याइने भनिएको छ ।

बजेटमा साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा वृद्धि गरी रु तीन लाख र धितोरहीत प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा रु १० लाख पु¥याउने व्यवस्था गरिएको छ ।

आगामी दुई वर्षभित्र सबै बीमा कम्पनीहरुले कूल बीमा कारोबारमध्ये लघु बीमाको कारोबार कम्तीमा रु १० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
–––  आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउने उल्लेख गर्नुभयो ।

बजेटमा नेपाल क्रेडिट रेटिङ गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने उल्लेख छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषलगायतका अन्य कोषको प्रभावकारी नियमन गर्न नियमक निकायको व्यवस्था गरिनेछ ।

आगामी आर्थिक वर्षमा वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले आगामी आवामा पूर्वाधार बैंक सञ्चालनमा ल्याउने र वित्त क्षेत्रले सम्रिसित वित्त विधिमार्फत पूर्वाधारमा लगानी गरिने बताएको छ ।

वित्तीय क्षेत्रमा नियमनकारी निकायको क्षमता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंक ऐन, बीमा ऐन र धितोपत्र ऐनमा समयानुकूल संशोधन गर्ने उल्लेख गरिएको छ ।

एक वर्षभित्र सबै नेपालको बैंक खाता खोल्ने अभियान सञ्चालन गर्ने र आगामी वर्षदेखि सरकारको राजश्व असुली र खर्चको भुक्तानी विद्युतीय माध्यमबाटै मिलाइने बजेटमा उल्लेख छ ।

लघुवित्त संस्था र वित्तीय सहकारीलाई कर्जा सूचना केन्द्रको सञ्चालनमा आबद्ध गरिने र वैदेशिक रोजगार कर्जा, शिक्षित बेरोजगार कर्जा, शैक्षिक कर्जा तथा बिना धितो प्रदान गरिने अन्य सबै कर्जालाई सूचना केन्द्रको दायरामा ल्याइने भनिएको छ ।

बजेटमा साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा वृद्धि गरी रु तीन लाख र धितोरहीत प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा रु १० लाख पु¥याउने व्यवस्था गरिएको छ ।

आगामी दुई वर्षभित्र सबै बीमा कम्पनीहरुले कूल बीमा कारोबारमध्ये लघु बीमाको कारोबार कम्तीमा रु १० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
–––

बैंक ‘स्विफ्ट ह्याक’प्रकरण : ह्याक ४१ करोड, भुक्तानी १० करोड कर्मचारिको मिलोमतो को सङ्का

एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक’गरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त रकममध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिए।

एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको जानकारी गराएपछि राष्ट्र बैंकले आइतबारदेखि अुनसन्धान थालेको हो। राष्ट्र बैंकको टोलीसँगै एनआईसी एसिया बैंकले पनि अनुसन्धानका लागि भारतबाट विज्ञ झिकाएको छ। राष्ट्र बैंक र एनआईसी एसिया बैंक दुवैले औपचारिक रूपमा घटनाको विवरण सार्वजनिक गरेका छैनन्। राष्ट्र बैंकका अनुसार नेपालमा स्विफ्ट ह्याक गरेर विदेशमा रकम पठाएको यो पहिलो घटना हो।

कुकुर तिहार र लक्ष्मीपूजाका दिन ह्याकरले स्विफ्ट ह्याक गरी भुक्तानीका लागि विभिन्न ६ देशमा अर्डर गरेको अनुसन्धानमा देखिएको छ। राष्ट्र बैंकले सम्बन्धित देशका केन्द्रीय बैंकलाई ह्याकरले अर्डर गरेको रकम भुक्तानी नगर्न पत्राचार गरिसकेको छ। साथै, भुक्तानी भइसकेको रकम पनि फिर्ता गराउन आग्रह गरेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले अन्नपूर्णसँग बताए।

 

नेपालमा स्विफ्ट ह्याक गरेर विदेशमा रकम पठाइएको यो पहिलो घटना हो।

स्विफ्ट ह्याक गरेर रकम चोरी गर्न खोजिएका अमेरिका, जापान, जर्मनी, सिंगापुर, मलेसियालगायत देशका केन्द्रीय बैंकलाई राष्ट्र बैंकले प्रक्रियामा रहेको अर्डरको भुक्तानी नगर्न र भुक्तानी भइसकेको रकम पनि फिर्ता गराउन पत्राचार गरिसकेको सहप्रवक्ता पण्डितले बताए। एनआईसी एसिया बैंकले पनि अर्डर गरिएको रकम भुक्तानी रोक्न सम्बन्धित देशलाई पत्राचार गरिसकेको छ।

‘स्विफ्ट ह्याकका विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ, अझै यकिन विवरण आइसकेको छैन, मंगलबार बेलुकासम्म सबै विवरण आउला’, पण्डितले भने। राष्ट्र बैंक भुक्तानी भइसकेको रकम पनि फिर्ता गर्न प्रयासरत रहेको उनको भनाइ छ। ‘कतिपय भुक्तानी फिर्ता भइसकेको पनि खबर आएको छ, राष्ट्र बैंकले रकम फिर्ता गराउन पहल गरिरहेको छ’, उनले भने। भुक्तानी भएको कतिपय रकम संस्थाको नाममा गएकाले फिर्ता लिन सकिने राष्ट्र बैंकको विश्वास छ। केही समयअघि बंगलादेश, श्रीलंकालगायत देशमा पनि स्विफ्ट ह्याक गरी मोटो रकम चोरी भएको थियो। यसमध्ये अधिकांश रकम फिर्ता भएको थियो।

विश्वभरको बैंकिङ प्रणालीमा रकम भुक्तानी सुविधा दिने स्विफ्ट विश्वासिलो संस्था हो। विश्वका दुई सय देशले अन्तर्राष्ट्रिय भुक्तानीका लागि स्विफ्ट प्रणाली अवलम्बन गरेका छन्। विश्वभर ११ हजार बैंक तथा वित्तीय संस्था स्विफ्टका सदस्य छन्। स्विफ्ले तोकिएको मापदण्ड पूरा गरेका बैंकलाई मात्र सदस्यता दिन्छ। नेपालका सबै वाणिज्य बैंकले स्विफ्टको सदस्यता लिइसकेका छन्। स्विफ्टबाट विश्वभर दैनिक डेढ करोड अर्डर हुने गरेको तथ्यांकले देखाउँछ।

कर्मचारीमाथि शंका

सामान्यतया स्विफ्ट ह्याक नहुने राष्ट्र बैंकको आईटी विभागका कर्मचारी बताउँछन्। तर, स्विफ्टका लागि कर्मचारीले प्रयोग गर्ने पासवर्ड ह्याक भएको हुन सक्ने उनीहरूको अनुमान छ। राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानमा स्विफ्ट ह्याक गर्न एनआईसी एसिया बैंककै तीनजना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको देखिएको छ। कर्मचारीको पासवर्ड प्रयोग भएको देखिएपछि राष्ट्र बैंकले ती कर्मचारीमाथि निगरानी बढाएको छ।

‘केही कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखियो, हामीले ती कर्मचारीई विशेष निगरानीमा राखेका छौं, उनीहरूको विदेशी बैंकमा खाता छ कि छैन ? यसअघि कारोबार भएको छ कि छैन ? भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छौं’, राष्ट्र बैंक स्रोतले भन्यो।

स्रोतका अनुसार बैंकका कर्मचारी नियतवश नै रकम हिनामिना गर्न संलग्न भएका पनि हुन सक्छन्, अथवा ह्याकरले उनीहरूको युजर नेम र पासवर्ड ह्याक गरेको पनि हुन सक्छ। यस विषयमा अध्ययन रिपोर्ट आएपछि मात्र थाहा हुने र कर्मचारीको संलग्ना भेटिएमा कारबाही प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंक स्रोतले बताएको छ।

गभर्नरको निर्देशन

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सोमबार बैंकर्स संघका पदाधिकारीलाई बोलाएर सुरक्षित बैंकिङ कारोबारमा सचेत रहन निर्देशन दिएका छन्। छलफलमा संघका अध्यक्ष अनिल शाह र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सहभागी थिए। बैंकिङ प्रणालीको सूचना प्रविधिमा हुने जोखिममा विशेष सतर्क रहन उनको निर्देशन छ।

गभर्नर नेपालले बैंकको आईटी सेक्युरिटीमा थ्रेट हुँदा एकले अर्कालाई सूचना आदानप्रदान नगर्दा अपराधीको मनोबल बढेको भन्दै सूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका हुन्। उनले बैंकर्स संघमा आईटीबाट उत्पन्न हुने जोखिमको सूचना आदानप्रदान गर्ने फोरम गठन गर्न निर्देशन दिएको हिमालयन बैंकका सीईओ राणाले जानकारी दिए। यसरी गठन हुने फोरममा राष्ट्र बैंकको आईटी डिपार्टमेन्टका कर्मचारीको समेत सहभागिता रहनेछ।

गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाको आईटीमा ठूलो लगानी गर्नसमेत निर्देशन दिएका छन्। सोमबार दिउँसो नै अधिकांश वाणिज्य बैंकका आईटी डिपार्टमेन्ट प्रमुखलाई बोलाएर गभर्नरले संवेदनशील भएर काम गर्न निर्देशन दिएका हुन्। गभर्नरले आईटी प्रमुखसँग बैंकिङ प्रणालीमा केकस्तो सेक्युरिटी थ्रेट छ भन्ने जानकारी लिएका थिए।

निक्षेपकर्ता डराउनुपर्दैन

एनआईसी एसिया बैंकमा स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको सार्वजनिक भएपछि निक्षेपकर्ता अलमलमा छन्। तर राष्ट्र बैंकले स्विफ्ट ह्याक भए पनि बैंकका निक्षेपकर्तालाई कुनै पनि असर नपर्ने सहप्रवक्ता पण्डितले जानकारी दिए। ‘यो स्विफ्ट ह्याकले बैंकको कारोबार पनि रोकिँदैन, निक्षेपकर्ता पनि डराउनुपर्दैन’, उनले भने, ‘बैंकमा निक्षेप राख्ने ढुक्क भए हुन्छ

स्रोत- अन्नुपुर्ण

नेपालमा शेयर बजार- सागर नाथ तिवारी

 

सागर नाथ तिवारी

नेपालमा धितोपत्र (शेयर) बजारको इतिहासमा झन्डै चार दशक लामो छ । देशको पुँजीलाई प्रयोग गर्न र त्यसको सदुपयोग गर्ने हेतुले वि.स. २०३३ साल आषाढ १२ गते सेक्युरिटि खरिद बिक्रि केन्द्रको स्थापना भयो । यो केन्द्र वि.स. २०५० जेष्ठ १३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रुपमा परिणत भया े। यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले धितोपत्रको औपचारिक खरिदविक्रि भने वि.स. २०५० माघ ३० गतेबाट भयो । यसका साथै नेप्से परिसुचकको समेत गणना सुरुभयो । स्थापना कालमा २५ जना दलाल र ५ वटा बजार प्रबन्धक बाट काम सुरु गरेको थियो । उपत्यका बाहिर पोखरा, नारायणगढ, बुटवल र धनगढी, बिरगंज, धरान र बिराटनगरबाट पनी शेयर किनबेचको प्रबन्ध मिलाएको छ । नेपालगंजबाट पनि यसको सेवा छिटै सुरु हुदै छ ।

स्टक एक्सचेन्जमा कारोबारका लागि २३० भन्दा बढि कम्पनीहरु सुचिकरण भएका छन् । हरेक वर्ष सुचिकरण भएका कम्पनीहरुको नविकरण र वर्गिकरण नेपाल स्टक एक्सचेन्जले गर्दछ । २०६३ असोज १० गतेबाट बजारमा हुने अस्वभाविक उतार–चढावदाई सन्तुलनमा राख्न सर्किट ब्रेकर लगाउन थालियो । त्यसै वर्ष २०६३ मङ्सिर महिना देखि स्टक एक्सचेन्जमा सरकारी ऋण पत्रको समेत कारोबार सुरुभयो । स्थापनादेखि नै बोल कबोल बाट मुल्य लगाउने परिपाटि भएको नेप्सेमा २०६४ भदौ ७ गतेबाट कम्प्युटर प्रिन्ट कारोबार सुरु भयो । त्यसको एक महिनामै २०६४ असोज महिनाबाट धष्मभ बचभब लभतधयचप मार्पmत काम सुरुभयो । यसबाट बजार थप लगानीकर्ता मैत्री र आर्थिक पूर्वाधारसंग जोडिन पुग्यो । त्यसको केहि महिना पछि वि.स. २०६४ मङ्सिर १२ गतेबाट शेयर कारोबार विवरण इन्टरनेटबाट समेत प्रत्यक्ष हेर्न सकिने व्यवस्था भयो । यसले लगानीकर्तालाई आ–आफ्नो घर तथा ब्रोकर कार्यलयमै बसेर कारोबार हेरी तत्काल निर्णय लिन सजिलो भयो ।
वि.स. २०६५ जेष्ठ १३ गतेबाट नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुन बसकेका र सुचिकरणबाट हटाईएका कम्पनीहरुको शेयर कारोबारका लागि अलग्गै बजार “ओभर द काउन्टर” का पनी सुरुवात भयो । संगसंगै २०६५ भदौ ८ गते बाट नेप्से फ्लोट सुचकको समेत गणना सुरु भयो । २०६६ सालबाट शेयरको कारोबार खरिद बिक्रिलाई उपत्यका बाहिरबात समेत गर्न सकिने भयो ।
धितोपत्र कारोबारमा राफसाफ तथा नामसारी लगाएतका कामलाई पारदर्शिता र विश्वसतियता तथा अत्याधुनिक प्रविधिमा लैजान नेपाल स्टक एक्सचेन्ज अन्तर्गत छुट्टै कम्पनी केन्द्रिय नेप्से तथा क्लियरिङ कम्पनी स्थापना भई सञ्चालन छ ।

प्राथमिक बजारबाट खरिद गरिएका शेयरको कारोबारका लागि दोस्रो बजार पुग्नै पर्छ । जहाँ त्यस्तो धितोपत्र किनबेचका लागि लगानीकर्ताहरु तम्तयार हुन्छन् । दोस्रो बजारको रुपमा एकमात्र कम्पनी नेपाल स्टक एक्सचेन्ज रहेको छ । अनुमती प्राप्त शेयर ब्रोकर मार्पmत धितोपत्रको खरिद बिक्रिका लागि व्यवस्था मिलाएको छ । कुनै पनि धितोपत्रको खरिद बिक्रि गर्नुपरेमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त ब्रोकर कम्पनीमा गएर खरिद बिक्रि सम्बन्धी आदेश दिनुपर्छ । खरिद बिक्रि आदेश प्रक्रिया अनुसार ब्रोकरहरुले आदेश दिदा रु १० अंकित शेयरको हकमा कम्तीमा १०० कित्ता र रु १०० अंकित शेयरको हकमा १० कित्ता शेयरको आदेश दिनुपर्छ । लगानीकर्ताले बिक्रि फारममा आवश्यक कम्पनीको नाम, संस्था र मुल्य उल्लेख गर्नुपर्दछ । दोस्रो बजारमा भएका कारोबारको सुचना लगानीकर्ताले नियमित रुपमा लिनुपर्दछ । बजारमा पर्याप्त सुचना होस र लगानीकर्ताले समयमै सहि सुचना लिन सकुन भन्ने उद्देश्यले नेपाल स्टक एक्सचेन्जको वेबसाइट धधध।लभउबकितयअप।अयm।लउ मा कारोबारको प्रत्यक्ष विवरण हेर्न सकिन्छ ।

यसमा कारोबार हुँदाका मुल्यहरु सहित बजारका अधिकतम जानकारीहरु राखिएको हुन्छ । स्टक एक्सचेन्जले सुचिकृत कम्पनीका आवश्यक विवरण देखि स्टक एक्सचेन्जका आधिकारिक निर्देशन तथा निर्णयहरु पनि यो वेबसाइटमा राखिएको छ । सुचना प्रविधिको अधिकतम प्रयोग गर्न भरखरै नेप्सेले मोबाइल एप्लीकेशन पनि ल्याएको छ । गुगल प्लेस्टोरमा गएर नेप्से मोबाइल एप्लीकेशन डाउनलोड गर्न सकिन्छ । नेप्से एपमा बजारमा भएका ताजा विवरणहरु प्रत्यक्ष हेर्न सकिन्छ ।

शेयरमा लगानी गर्न केहि जान्नै पने कुराहरुमा नेप्सेको वेबसाइट, बुकलेट, कम्पनीको विवरण पत्र हेरेर जानकारी प्राप्त गर्न सकिन्छ । शेयर खरिद गर्दा नै लगानीकर्ता कम्पनीको अंशियार हुन्छ । शेयरले कम्पनीको नाफा नोक्सानमा सहभागी हुने अवसर दिलाउछ । शेयर, कम्पनीको पनि पुँजीको हिस्सा भएकोले यसमा भएको लगानीले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्छ । शेयरमा गरेको लगानीले पुँजीगत लाभ, नाफाबाट प्राप्त हुने लाभांस, बोनस शेयर, हकप्रद शेयर, धितो राजि कर्जा लिन सकिने लगाएत अन्य फाइदा हुन्छ ।
शेयरमा लगानी गर्दा त्यत्तिकै जोखिम पनि हुन्छ । लगानीकर्ताले खरिद गरेको शेयरको मुल्य सधै बढ्छ वा सधै कम्पनीले लाभांश दिन्छ्न भन्ने सुनिश्चित हुदैन । तर पनि जोखिम व्यवस्थापन गर्ने उपायहरु पनि छन् । लगानीलाई अन्य धितोपत्रमा विविधिकरण गर्न सकिन्छ । लगानी गर्दा विभिन्न क्षेत्र र कम्पनीहरु रोजेर लगानी व्यवस्थापनका उपायहरु अपनाउनु पर्छ । यस बाहेक लगानी गर्दा कारोबार जोखिममा पनि ध्यान दिनुपर्छ । धितोपत्र खरिद वा विक्रि गर्दा धितोपत्रको प्रमाणपत्र र कागजात प्राप्त हुन सकेन वा कागजात रहित “डिम्याट” प्रणालीबाट भएको कारोबारमा खातामा रकम जम्मा नहुने समस्या देखिएमा यसलाई कारोबार जोखिम भनिन्छ ।

यो अवस्था सिर्जना भए लगानीकर्ताले स्टक एक्सचेन्जमा सम्र्पक राख्नुपर्दछ । यस्तो जोखिमबाट बच्न धितोपत्र खरिद वा बिक्रि गर्न आदेश दिनु अघि ब्रोकर कम्पनीको वित्तिय स्थिति लगायत विश्वसनियता हेर्नुपर्छ । लगानीकर्ताले धितोपत्र खरिद वा विक्रि गर्न आदेश दिए अनुसार ब्रोकर कम्पनीले धितोपत्र खरिद वा बिक्रि भए नभएको जानकरी दिए पछि त्यसको राफसाफ प्रक्रियामा जानुपर्छ । तर समयमै खरिद मुल्य वा धितोपत्रको कागजात नदिने त्यसबाट कारोबार जोखिम सिर्जना भई कसैलाई नोक्सानी भएमा त्यसको जिम्मेवारी वा दायित्व स्वयम लगानी कर्ताले व्यहोर्नु पर्दछ ।
धितोपत्र खरिद वा बिक्रि गर्न ब्रोकर कम्पनीलाई आदेश बुझाएपछि सो बमोजिम ब्रोकर कम्पनीले काम गरे नगरेको बारे सो आदेश पत्रमा रहेको म्याद भित्र वा म्याद सकिए लगत्तै ब्रोकर कम्पनी र स्टक एक्सचेन्जमा सम्र्पक राखि यर्थात जानकारी लिनुपर्छ ।
यसरी कुनै पनि धितोपत्र खरिद वा बिक्रि गर्न दिएको आदेश लिएको ब्रोकर कम्पनी र लगानी कर्ता बिच कुनै समस्या भए स्टक एक्सचेन्जको सुपरिवेक्षण शाखामा निवेदन दिनुपर्छ । यस्तो निवेदन परेपछि स्टक एक्सचेन्जले समस्या समाधान गर्न आफै र सरोकारवालाहरुको सहयोग लिई अधिकतम प्रयास गर्दछ ।

लेखक वित्तशास्त्रका विद्यार्थी हुन् ।

दशैंलगत्तै १६ अर्बको सेयर निष्कासन हुँदै

१६ अर्बबराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी धितोपत्र बोर्डको प्रक्रियामा छन् ।

१८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् । सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् ।

रसुवागढी हाइड्रो, बुटवल पावर, साञ्जेन, आँखुखोला, गर्जाङ, जोशी, लाफिङ बुद्ध, युनिक हाइडेल, सीईबीडी हाइड्रो, कालिका पावर, युनियन, राधी विद्युत्, सुभम् पावर र पञ्चकन्यामाई नामका जलविद्युत कम्पनी सेयर निष्कासनको प्रक्रियामा छन् ।

यस्तै, प्रिमियर इन्स्योरेन्स र एनएमबी बैंकले थप एफपीओ जारी गर्न लागेका छन् ।

यस्तै, १२ अर्ब ९४ करोडबराबरको हकप्रद सेयर निष्कासनका लागि १८ वटा कम्पनी प्रक्रियामा छन् ।

सिभिल, प्रभु र सिद्धार्थ बैंकले हकप्रद जारी गर्न लागेका हुन् । गुराँस लाइफ, एसियन लाइफ, प्रुडेन्सियल र एभरेस्ट इन्स्योरेन्सले हकप्रद जारी गर्न बोर्डमा अनुमति मागेका छन् । विकास बैंकहरुमा सांग्रिला, कर्णाली, सहारा, माउन्ट मकालु, गण्डकी, ग्रिन डेभलपमेन्ट बैंक पनि प्रक्रियामा छन् ।

उत्पादनमुलक समूहबाट श्रीराम सुगर मिल्स हकप्रद जारी गर्ने तयारीमा छ । वित्त कम्पनीहरुमा रिलायन्स, श्रीइन्भेस्टमेन्ट र सेन्ट्रल फाइनान्सले हकप्रद जारी गर्न लागेका छन् ।

दशैंलगत्तै भने चार वटा कम्पनीको सेयर निष्कासन हुँदैछ । ती कम्पनीले सेयर जारी गर्ने मिति तोकेर आव्हान पत्र पनि सार्वजनिक गरिसकेका छन् ।

सपोर्ट माइक्रोको १८ असोजदेखि

सपोर्ट माइक्रोफाइनान्सले सर्वसाधारणका लागि १८ असोजदेखि एक लाख ८० हजार कित्ता सेयर जारी गर्दैछ । त्यसमध्ये दुई प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

एक सय अंकितमूल्य रहेको सेयर २३ असोजसम्म बिक्री खुला रहनेछ । उक्त मितिमा पनि बिक्री नभएमा १६ कात्तिकसम्मको अवधि थपिनेछ ।

उक्त कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ । र, कम्पनीमार्फत् नै पनि सेयर भर्न सकिनेछ । आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ उक्त कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । हाल उक्त कम्पनीको पूँजी चार करोड २० लाख रुपैयाँ छ ।

आर्थिक वर्ष ०७२/७३ मा सपोर्ट माइक्रोफाइनान्स १९ लाख ९० हजार रुपैयाँ नोक्सानमा थियो । ०७३/७४ मा भने ४८ लाख रुपैयाँ नाफा कमाएको परिष्कृत हुन बाँकी वित्तीय विवरणले देखाउँछ ।

चालु आवको अन्त्यसम्ममा पूँजी १२ करोड पुग्ने उक्त माइक्रोफाइनान्सको भनाइ छ । त्यसो हुन सक्दा लगानीकर्ताले दोब्बर दरमा हकप्रद वा बोनससहितको प्रतिफल पाउन सक्नेछन् ।

असार ०७२ देखि सञ्चालनमा आएको उक्त कम्पनीको कार्यक्षेत्र १० जिल्ला र केन्द्रीय कार्यालय सुनसरीमा छ ।

एक्सेलको पनि १८ असोजदेखि

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर १८ असोजदेखि निष्कासन हुँदैछ । २१ भदौसम्म सेयर स्वामित्व भएका लगानीकर्ताले हकप्रद भर्न सक्नेछन् ।

त्यसका लागि २१ कात्तिकसम्मलाई तोकिएको छ । दुई कित्ता सेयर हुने लगानीकर्ताले एक कित्ताको दरमा आवेदन दिन पाउने छन् । सय रुपैयाँ अंकितमूल्य छ ।

बिक्री प्रबन्धक एस क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र एक्सेल बैंककै शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । गत आवमा बैंकले १५ करोड नाफा गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ ।

ओम डेभलपमेन्टको २३ असोजदेखि

ओम डेभलपमेन्ट बैंकको २३ असोजदेखि हकप्रद बिक्री खुला हुँदैछ । २६ कात्तिकसम्मलाई बिक्री खुला गरिएको छ । र, २९ भदौसम्म सेयर स्वामित्व रहेकाहरुले मात्र आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा र ओमकै शाखाहरुबाट सेयरमा आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल कम्युनिटीको २६ असोजदेखि

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर २६ असोजदेखि १ बराबर १.२ अनुपातमा हुने भएको छ ।

१७ असोजसम्म सेयर स्वामित्व हुनेले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । २९ कात्तिकसम्ममा समय तोकिएको छ । बैंककै शाखाहरु, बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल र नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न शाखाबाट आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको सेयर पूँजी ४८ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । थप पूँजी बढाएर चालु आव अन्त्यमा ५२ करोड ५८ लाख रुपैयाँ पूँजी पु¥याउने बैंकको लक्ष्य छ । बैंक गत आवमा एक करोड ४२ लाख नाफामा छ । र, प्रतिसेयर आम्दानी सात रुपैयाँ २७ पैसा छ ।

स्रोत- अन्नलाईन खबर

विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? यी सामान ल्याउँदा भन्सार शुल्क तिर्नु पर्दैन

तपाईं विदेशबाट दशैैं मनाउन घर फर्किंदै हुनुहुन्छ भने पक्कै पनि सामान ल्याउनु हुनेछ । किनभने तपाईंले विदेश जाँदा वा विदेशमा रहँदा घरपरिवार, आफन्त र साथीभाई विभिन्न सामान ल्याइदिने बाचाा गरिसक्नु भएको हुन्छ ।

त्यसैले विदेशबाट घर फर्किँदा सुडकेश भरिउञ्जेल सामान ल्याउने दबाब हुन्छ तपाईंलाई ।

तर, के आफूले चाहेका र चाहेजति सामान विदेशबाट नेपाल ल्याउन पाइन्छ त ? अहँ पाइन्न । नेपाल सरकारको कानूनले प्रतिबन्ध गरेका सामान बोकेर आउनुभयो भने त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमै तपाईंलाई प्रहरीले पक्राउ गर्छ ।

अनि के कानूले प्रतिबन्ध नगरेका वस्तुचाहिँ मनलाग्दी ल्याउन पाइन्छ त । अहँ त्यो पनि पाइँदैन । सरकारले एक व्यक्तिले यतिभन्दा बढी सामान ल्याउन नपाइने भनेर तोकिदिएको हुन्छ ।

त्कतिपय सामनहरुमा भने सरकारले भन्सार नै लिँदैन । त्यसैले विदेशबाट नेपाल आउँदा भन्सार तिर्नुनपर्ने सामान ल्याउनु भयो भने तपाईंलाई फाइदा हुन्छ ।

के के ल्याउँदा भन्सार लाग्दैन ?

भन्सार विभागका अनुसार ५० ग्रामसम्मका सुनमा गहना, ५०० ग्रामसम्मका चाँदीका गहना ल्याउन सकिन्छ । त्यसैगरी, १ लाख रुपैया बराबर मूल्य पर्ने हिराका गहनाहरु पनि ल्याउँदा भन्सार लाग्दैन ।

काँचो सुन वा चाँदीको हकमा कुनै पनि यात्रुले महसुल तिरेर पनि ल्याउन पाउने छैनन् । र, ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत भन्सार विभागले जनाएको छ।

त्यस्तै, आफ्नो व्यक्तिगत प्रयोजनका लागि लगाउने केही जोर लुगा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन । र, एक थान क्यामेरा, मोबाइल, पेन ड्राइभ र घडी ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

त्यस्तै १ लिटरसम्मको मदिराको बोतल ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १ वर्ष काम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखवद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इन्च सम्मको टिभिमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । ३२ इन्च भन्दा टिभि ठुलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।

तर, विदेशमा वसी फर्केका नेपाली यात्रुले ल्याउने जुनसुकै टेलिभिजनमा एकमुष्ट समदरमा मूल्यको ५५ प्रतिशतका दरले महसुल तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, एक/एक थान ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

स्रोत-

clickmandu.com

एनआईसी एसिया बैंकले गर्यो वित्तीय सचेतना र्याली

एनआईसी एसिया बैंकले सोमबार ३१ गते सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् वित्तीय सचेतना र्यालीको आयोजना गरेको छ ।

एनआईसी एसिया

बैंकको कमलादी शाखाबाट सुरु भएको उक्त र्याली काठमाण्डौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुनः कमलादी शाखामा पुगेर समापन भएको थियो । र्यालीमा बैंकको ६०० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले हाल ६ लाख रुपैयाँभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार रुपैयाँभन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सदैव आफ्ना ग्राहकहरुको सर्वोपरि हितलाई उच्च प्राथमिकता दिंदै विभिन्न आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको छ ।

स्रोत-http://www.clickmandu.com

बिशेष समाचार

निर्मला हत्या प्रकरणको एक वर्ष, दोषी पत्ता लगाउन सरकार असफल

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

दोलखामा कारागारभित्रै कैदीकाे मृत्यु, आत्महत्याकाे आशंका

%d bloggers like this: