विचित्र संसार / मनोरञ्जन

डिजे विकी एसियाकै डिजेहरुमध्ये उत्कृष्ट २५ मा, उत्कृष्ट १० को लागि भोट गर्न आह्वान

काठमाडौं । डिजे विकी कुल उर्फ विकी पराजुली एसियाज टप पच्चिस डिजेएस १०१९ मा टप २५ मा पर्न सफल भएका छन् । काठमाडौंका चर्चित क्लबहरुमा डिजे गरिसकेका छन् विकीले एसियाका डिजेहरुको सुचीमा टप २५ मा पर्न सफल भएका हुन् ।

गएको वर्ष उनी टप २० मा पर्न सफल भएका थिए । उनले १४ औँ स्थानमा आफनो नाम कायम गराउन सफल भएका थिए । यो वर्ष भने टप २५ को नोमिनेशनमा पर्न सफल भएका छन् । अब उनले कुन स्थान हात पार्ने हुन त्यो भोटिङका आधारमा स्थान सुरक्षित गर्नेछन् । तर टप टेनभित्र पार्नका लागि यतिबेला उनले आफुलाई भोट गर्न आह्वान गरेका छन् ।

भोटिङ सिस्टम यतिबेला खुल्ला गरिएको छ । नेपाल र नेपालीको पहिचान सहित एसियाकै पहिलो ब्यक्ति डिजे विकी कुल बनाउनको लागि यहाँ क्लिक गरेर भोट गर्न सकिने छ ।

डिजे विकी भनेपछि युवा पुस्ताहरुको मनमनमा बस्न सफल भएका छन् । उनले विश्वकै सर्वोकृष्ट १०० मा नाम आएका डिजे स्टेभ ओइकी। डिजेज फ्रम मार्स, बास ज्याकर्स, मार्निक, रेभ एण्ड क्रेभ जस्ता डिजेहरुसंग स्टेज सेयर गरिसकेका छन् । त्यतिमात्र होइन डिजे विकी कुलले अन्तरर्राष्ट्रिय कलाकारहरु आदित्य नारायण झा, सियन किङस्टन, जस्ता कलाकारहरुसंग पनि स्टेज सेयर गरिसकेका विकी नेपाललाई एसियामा डिजेको माध्यमबाट चिनाउने पहिलो ब्यक्तिका रुपमा विकीलाई चिन्ने गरिन्छ ।

यसरी नेपालीले विदेशमा प्रतिस्पर्धा गरेर नेपालको पहिचान दिइरहेका डिजे विकी कुललाइ टप १० मा पार्नको लागि यतिबेला भोटिङ आह्वान गरिएको छ । डिजे विकीलाई भोट गर्नको लागि तलको फोटोमा क्लिक गर्नुहोस् ।

Asia’s Top 25 DJ of 2019

Dj Bki Cool Official Contacts

http://djbkicool.com

https://www.facebook.com/DjBkiCoOL/

लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित एवम् लोकप्रिय मोडेल रीना थापा मगर ।

लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित एवम् लोकप्रिय मोडेल रीना थापा मगर ।

गायिका गौतमको ‘मेरो मनको मान्छे’ भिडियो बजारमा

काठमाडौं, १ माघ । गायिका जुनु गौतमको नयाँ एल्बम “मेरो मनको मान्छे” बजारमा आएको छ । गौतमले उक्त एल्बमको “मेरो मनको मान्छे” बोलको शीर्ष गीतको म्यूजिक भिडियोसमेत बजारमा ल्याईसकेकी छिन् । पछिल्लो समय गीतसंगितमा निकै चर्चा कमाईरहेकी गायिका गौतम व्यस्त कलाकारभित्र पर्छिन् । एकपछि अर्को हिट गीत बजारमा ल्याईसकी गौतमको “माया गर्ने मान्छेका” र “ठुली” लगायतका गीतहरु निकै चर्चित छन् ।

रमेश थापा मगरको शव्द र जितेन लेप्चाको संगित रहेको उक्त “मेरो मनको मान्छे” बोलको गीतले पनि दर्शकस्रोताको राम्रै माया पाउनेमा गायिका गौतम विश्वस्त छिन् ।

अधिकांश दृश्य पर्यटकीय नगरी दोलखामा छांयाकन गरिएको उक्त म्यजिक भिडियो देश प्रदेश मिडियामार्फत भर्खरै सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा सागर कार्की र मनिषा थापाको अभिनय रहेको छ । भिडियोको निर्देशन रबिन तामाङले गरेका हुन भने छायांकन नरोत्तम पाण्डेको रहेको छ ।

करीब १२ करोडको लगानीमा फनपार्क निर्माण

क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो ।

उक्त उद्यानमा बाल मनोरञ्जनका सम्पूर्ण सामान राखिने सञ्चालक पोषणविक्रम रावतले जानकारी दिनुभयो । यहाँ स्थानीय परिकार र उत्पादन प्रवद्र्धनका साथै घोराही क्षेत्रको पहिचान झल्काइने रावतको भनाइ छ ।

निर्माणाधीन फनपार्कमा एकीकृतरुपमा पार्टी प्यालेस तथा सभाहल, वाटर पार्क, गेम जोन, लजिङ तथा फुडिङ, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ । गोरक्ष रत्न पात्र देव गुठीको करीब चार बिगाह जग्गा ३० वर्षका लागि भाडामा लिएर फनपार्क निर्माण शुरु गरिएको हो ।

फेरि पलसँग आँचल !

काठमाडौँ – दर्शकले अभिनेत्री आँचल शर्मालाई अधिकांश समय पल शाहसँग जोडी बाँधेको देखेका छन्। तीनवटा फिल्ममा पलसँगै देखिएकी आँचलले चौथो फिल्म ‘ब्ल्याक’मा भने आकाश श्रेष्ठसँग जोडी बाँधेकी छिन्।

आइतबार फिल्मको दोस्रो गीत सार्वजनिक गर्ने कार्यक्रम थियो तर यहाँ पनि आँचलसँग पल छुटेनन् । यसको मतलब पल फिल्मको कार्यक्रम गएका होइनन्, न त फिल्मभित्र नै छन्। आँचल र आकाशको अभिनय रहेको गीतमा पल देखिनु संयोग मात्र थियो। यो संयोग जुरेको थियो, सार्वजनिक गीतमा रहेका शब्दका कारण।

 गीतमा ‘पल पल हरपल’ शब्द समेटिएको थियो। यो देखेपछि कार्यक्रममा सहभागीले टिप्पणी गरिहाले, ‘यो फिल्ममा त पल आँचल छुटेछन् भनेको गीतमै पल अटाएका रैछन्।’ पल आँचल दुवैले आफूहरू प्रेममा रहेको अस्वीकार गर्दै आए पनि उद्योगमा दुवै जोडीको रुपमा चिनिन्छन्। 

जेठ ११लाई प्रदर्शन मिति तोकेर मैदानमा उत्रिएको फिल्म ‘ब्ल्याक’ले आइतबार दोस्रो गीत सार्वजनिक गरेको हो। महेश खड्काको संगीत रहेको गीतमा सुगम पोखरेलले आवाज दिएका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने फिल्ममा रामशरण उप्रेतिको छायांकन रहेको छ। फिल्मलाई निर्देशन प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्। उनले फिल्ममा अँध्यारोबाट उज्यालोमा आउने जोडीको कथा समेटिएको बताए।

फिल्ममा आयुष रिजाल, सुन्दर श्रेष्ठ, धिरेन शाक्य, प्रिया रिजाल आदि कलाकारको पनि अभिनय रहेको छ। मौनता श्रेष्ठ

कमेडी भरिएको ‘कोहलपुर एक्सप्रेस’

काठमाडौं– वर्षको सुरुवातदेखि अन्त्यसम्म कमेडी फ्लेबरका फिल्ममा दर्शकको रुचि बढिरहँदा यस्तै फ्लेबरको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको  छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा केकी अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

 

फिल्मकी नायिकासमेत रहेकी केकीले पहिलोपटक फिल्म निर्माणमा आएकाले कमेडी फ्लेबरबाटै सुरुवात गरेको बताइन् । ‘फिल्म पूर्ण रुपमा कमेडी फ्लेबरमा छ । मेरो चरित्र यसअघिका फिल्ममा भन्दा फरक छ,’ उनले भनिन्

अर्की नायिका प्रियंका कार्कीले कमेडी फ्लेबरका फिल्ममा काम गर्दा छुट्टै रमाइलो हुने बताइन् । ‘यसअघि मैले गरेका कमेडी फिल्मभन्दा कोहलपुर एक्सप्रेस केही हिसाबले फरक छ,’ प्रियंकाले भनिन् ।ट्रेलरमा ‘तिर्सना’ नामकी युवतीको भूमिकामा देखिएकी ऋचाले आफू फिल्ममा मोडल ‘तिर्सना बुढाथोकी’ नबनेको खुलाइन् । ‘दुई दिन मैले उहाँको भिडियो हेरेकी थिएँ । धेरथोर उहाँको हाउभाउबाट प्रभावित भएँ,’ ऋचाले भनिन्।

फिल्मबाट निर्देशनमा डेब्यु गरेका फिल्मका लेखक तथा निर्देशक विशाल भण्डारीले पहिलो प्रयास स्वरुप कमेडी फ्लेबरको फिल्म रोजेको बताए । ‘फिल्म झन्डै दुई घण्टाको छ । फिल्मबाट तपाईंहरूले केही सिक्नु हुन्न । तर दुई घन्टाको मज्जाले कट्ने ग्यारेन्टी गर्छु,’ विशालले भने।

ट्रेलरमा प्रियंकालाई गर्भवती, ऋचालाई आइटम डान्सरका रुपमा प्रस्तुत गरिएको छ । वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म केकीको ब्यानर जुनकिरी आर्टसबाट निर्माण भएको हो । फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागार्इं निर्माता छन् । फिल्ममा राजनराज ििवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत छ ।

‘पञ्चायत’ हेर्न पुगे गणतन्त्रवादी नेता

काठमाडौं – आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ।

पूर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मीलगायत ३०० भन्दा बढी को सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो।

चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन्। २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ।

चलचित्र पञ्चायत हेरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भने, ‘चलचित्रले त्यति बेलाको सामाजिक सांस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ।’ उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिए।

अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गरे। ‘चलचित्रमा समाजको यथार्थ प्रतिविम्ब छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ’, खनालले भने।

पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो कुरा भएको उल्लेख गरे।

पूर्व ऊर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्माले पुरानो भए पनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गरे। उनले भने, ‘हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ।’

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथि पनि ग्रामीण भेगको थुप्रै घटना चलचित्रमा उद्घाटित भएको प्रतिक्रिया दिए। चलचित्र सशक्त बनेको उल्लेख गर्दै भट्टराईले निर्माण समूहलाई बधाई दिए।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले शक्तिशाली विषयवस्तुमा चलचित्र पञ्चायत बनेको भन्दै प्रशंसा गरे। चलचित्रमा घटेको घटना अब समाजमा नघटुन भन्ने सन्देश दिन खोजेको आफूले पाएको रिजालको भनार्इ थियो।

चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योगमन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेत्री उमा रेग्मी, प्रहरी अधिकारी सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेतलगायत कलाकार र पत्रकारको सहभागिता थियो।

गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुन्। शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शीर्ष नेताबाट तारिफ पाएकाले सही चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए।

खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ। उक्त चलचित्रले अमेरिकामा २१७ चलचित्रमध्ये उत्कृष्ट अवार्ड पाइसकेको छ। रासस

 

 

 

प्रियंका र रणवीरबीच मध्यरातिको फोनले तरंग

मुम्बई – प्रियंका चोपडाले बिहीवार मध्यराति रणवीर कपुरलाई भिडियो कल गरेपछि बलिउड बजारमा नयाँ तरंग छाएको छ। प्रियंकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रणवीरलाई भिडियो कल गरेको बताइएको छ। भिडियो कलमा उनीहरुले महिला दिवसको बारेमा कुरा गरेका थिए।

प्रियंकाले रणवीरलाई महिला दिवस मनाउनुको सार्थकता बारे प्रश्न गरेकी थिइन्। रणवीरले पनि महिलाको सम्मानका लागि एक दिन छुट्याएर मात्र सम्मान नहुने बताएका थिए। उनले यस्तो सम्मान प्रत्येक दिन हुनुपर्नेमा जोड दिए। प्रियंकाले महिला दिवस कसरी मनाउनुभयो भनेर प्रश्न गर्दा रणवीरले ‘गली ब्वाय’को पुरै टीमले महिलाको सम्मानका लागि मिनी स्कर्ट लगाएको जानकारी गराए।

लगत्तै रणवीरले प्रियंकालाई हिन्दी फिल्मका लागि छिट्टै भारत आउन आग्रह गरेका थिए। प्रियंकाले पनि यस विषयमा कुरा भइरहेको, केही समयमै भारत आउने र हिन्दी फिल्ममा अभिनय गर्ने बताइन्। प्रियंकाले हिन्दी फिल्मका लागि आफ्नो भावी योजना पनि सुनाएकी थिइन्।

प्रियंका अहिले अमेरिकामा क्वाँन्टिको – ३ को सुटिङमा व्यस्त छिन्। उक्त फिल्मको सुटिङ सकिनेवित्तिकै भारत फर्किने र हिन्दी फिल्ममा देखिने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रियंकाले मध्यराति फोन गरेपछि रणवीर आश्चर्यमा परेका थिए। रणवीर त्यतिबेला आफ्नो आगामी फिल्म ‘गली ब्वाय’को सुटिङका लागि यात्रारत रहेको बताइएको छ।

चलचित्र लिलीबिलीको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा

चलचित्र लिलीबिलीको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ । सार्वजनिक भएको दोस्रो दिनमा उक्त चलचित्रको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको हो ।

साथै ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रियासमेत प्राप्त गरेको छ । ट्रेलर मंगलबार काठमाडौंमा एक सार्वजनिक कार्यक्रम गरी युट्युबमार्फत् सो चलचित्रकको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि साेही चलचित्रकाे गीतसमेत ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको  थियाे ।

युवा स्टार प्रदीप खड्का, प्रियंका कार्की नवनायिका जसिता गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् ।

चलचित्रलाई सुदिप बरालले खिचेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।

चलचित्रमा नायक प्रदीप र नायिका जसितासँगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

यो चलचित्रको स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको छ ।

भारतीय अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १६ फागुन, गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए ।

विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो ।

शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो ।

दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो ।

सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको छ ।

आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स गएकी थिइन् ।

सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो ।

श्रीदेवीले तीन सय चलचित्रमा अभिनय गरेकी थिइन् ।

बिशेष समाचार

निर्मला हत्या प्रकरणको एक वर्ष, दोषी पत्ता लगाउन सरकार असफल

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

दोलखामा कारागारभित्रै कैदीकाे मृत्यु, आत्महत्याकाे आशंका

%d bloggers like this: