सुचना प्रविधि

मोबाईल मर्मत सम्बन्धी सीपमुलक तालिम

काठमाडौं । युवा पुस्तालाई मध्यनजर गरेर ताम्राकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टरले न्यूनतम शुल्कमा विभिन्न हार्डवेयर दिन सुरु गरेको छ ।

रोजगार नपाएर विदेश जाने युवाहरुका लागि स्वदेशमै स्वरोजगारमुखी तालिम दिन सुरु गरेको सेन्टरका प्रबन्ध निर्देशक Rn Lamichhane बताएका छन् ।

सेन्टरका प्रबन्ध निर्देशक लामिछानेले विभिन्न सिपमुलक तालिम लिए स्वदेशमै मनग्य आम्दानी हुने र विदेश नै जानु नपर्ने भएकोले यस्तो तालिम सुरु गरिएको जानकारी दिएका छन्।

अहिले सेन्टरले मोबाइल्को हाडवयर तथा सफ्टवयर र चिप्लेबल लगायतका तालिम दिने गरेको छ । बिग्रिएका सामग्रीहरुलाई हार्डवेयर, चिप, मोदरबोर्ड तथा सर्किट बोर्ड बनाउन सक्ने गरी चरणबद्धरुपमा तालिमहरु प्रदान गर्ने गरेको छ ।

उनले भने,‘हाम्रो मूख्य उद्धेश्य भनेको जागिर नपाएर बसेका युवालाई सिपमुलक तालिम प्रदान गरेर स्वदेशमै उद्यमी बनाउनु हो । एक चोटी तालिम लिएकाहरुले जीवनमा पुन वेरोजगार बस्नु पर्ने हुँदैन, केही न केही गरेर खान सक्छन् ।’

यी मध्ये कुनै पनि तालिम लिएमा जागिर सहजै पाउने तथा तालिमकर्ताले आफू स्वयमले व्यवसाय गर्नं सक्ने दाबी वहाको छ । ‘हामीसँग तालिम लिएका प्राय विद्यार्थीहरु कोही सामसङ, ओप्पो, जिवनि, नोकिया तथा अन्य धेरै स्थानमा जागिरे छन् ।

जागिर खाइरहेकाले ३० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको भन्दै व्यवसायमा लाग्नेहरुले एक लाखसम्म मासिक कमाइ गरिरहेको बताउछन। त्यस्तै उनले यो व्यवसाय थोरै लगानीमा गरेर पनि मनग्य आम्दानी गर्न सकिने बताउनु हुन्छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आज कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभयो । उहाँलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो।

ntc

नेपालको सम्विधान बमोजिम प्रत्येक नागरिकलाई सुचनाको हक र दुर्गम स्थानमा समेत High Speed Internet पुर्याउनुहोस् , देशभरी 4G सेवा तुरुन्त विस्तार गर्नुहोस र छिटै 5G मा जान तैयार रहनुहोस ,
सेवाको गुणस्तर तथा आधारभुत कुराको ख्याल गर्नुहोला नवनियुक्त प्रबन्धक ज्यु लाई सफल कार्यकालको शुभकामना 😊😊😊

केटिएम मोबाइल सेन्टर द्वारा Oppo मोबाईलको एक्सचेन्ज मेला सुरु

काठमाडौं । केटिएम मोबाइल सेन्टरले नेपालमा नै पहिलो पटक ‘ओपो मोबाइल ग्रेट एक्सचेन्ज’ मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यकासाथ एक्सचेन्ज मेला आयोजना गरेको हो ।

यो अफर ताम्राकार कमप्लेस 3rd Floor Shop No 31 मा रहेको छ , 

Contact Us 9813532776

आइतवारदेखि सुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सकिने आयोजकले जानकारी दिएको छ । मेलामा विशेष गरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३ एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा एक्सचेन्ज गर्न सकिने आयोजकले जानकारी दिएको छ । मोबाइल एक्सचेन्ज मेला माघ ६ गतेसम्म संचालन हुनेछ ।

हाल मात्र ओप्पो को नया फोन Oppo(R17 pro ) नेपाली बजार मा आएको छ
साथै ओप्पो f9 , f7 पनि नेपाली बजारमा धेरै रुचाईएको फोन हो

यो अफर ताम्राकार कमप्लेस 3rd Floor Shop No 31 मा रहेको छ , 

Contact Us 9813532776

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

 काठमाडौं– नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गरी काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थितत ताम्राकार कम्प्लेक्समा दशैं मेला हुने भएको छ ।
यही असोज २३ गतेदेखि हुने मोबाइल मेलामा असोज ३१ गते सम्म हुनेछ । कम्प्लेक्सभिका मोबाइल पसलहरुमा मोबाइल खरिद विक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट हुने मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले Sanibar News लाई बताउनुभयो ।
‘हामी सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक सेवामा समेत अगाडि बढिरहेका छौं’ अध्यक्ष साउदले भन्नुभयो– ‘यस मेलमा अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर कालिकोट जिल्लाको रास्कोट सामूदायीक अस्पतालाई निर्माणको लागि सहयोग गर्नेछौँ ।’मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुन लागेको हो ।

दशैं मोबाइल मेलामा ६० प्रतिशत छुट

ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् । दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् । यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु. २० संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ ।

 

दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए । ‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर बिभिन्न अफरहरुका साथमा सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उनले भने।

 

 

देशको आवश्यकताअनुसार जनशक्ति उत्पादन भइरहेको छैन

डा. रामहरी लामिछाने, महानिर्देशक, कोलम्बो प्लान स्टाफ कलेज
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले कोलम्बो प्लान स्टाफ कलेज मनिलासँगको सहकार्यमा प्राविधिक शिक्षाको अनुसन्धानलाई चुस्त र बलियो बनाउने उद्देश्यले कार्यक्रम सुरु गरेको छ । 
 
सीटीईभीटीकै पूर्वसदस्य सचिव डा. लामिछाने कोलम्बो प्लान स्टाफ कलेजमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक छनोट भएर पहिलो नेपालीका रुपमा जिम्मेवारी ग्रहण गरेलगत्तै यो कार्यक्रम सुरु भएको हो । 
एसिया प्यासिफिक अन्तर्गत १७ देश आबद्ध कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक लामिछाने सीटीईभीटीका पूर्वसदस्य सचिव भएका नाताले पनि प्राविधिक शिक्षाको विकास र विस्तारमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ, हाल मनिलामै रहेका लामिछानेसँग गरिएको इमेल संवाद ः
 
प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण गरेकै दिन हरेक स्थानीय निकायसम्म एक प्राविधीक शिक्षालयको घोषणा गर्नुभएको छ , यसलाई कसरी हेर्नुहुन्छ ?
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू वाट घोषणा भएको एक स्थानिय निकायमा एक प्राविधिक शिक्षालय सारै राम्रो कार्यक्रम हो । त्यहाँ ३ महिना देखि १ वर्ष सम्मको सीपमूलक तालीमलाई प्राथमिकता दिनु पर्छ न कि डिप्लोमा ।  यो वढि श्वेतकलर रुपी छ । यसमा स्वरुप र तहबारे भने विस्तृत छलफल गर्न जरुरी छ ।
नेपालको समग्र शिक्षा प्रणालीको बारेमा तपाईको धारणा के छ ?
बास्तवमा भन्ने हो भने नेपालमा एकिकृत शिक्षा नितिको अभाव छ । अझै पनि विद्यालय शिक्षा, प्राविधक शिक्षा र उच्च शिक्षा वीच तादम्यता छैन ।  विद्यालय शिक्षा बाट  प्राविधिक शिक्षा तर्फ जाने र उच्च शिक्षा तर्फ सेतुको काम हुन सकेको छैन । शिक्षा नितिले देशको शिक्षाको सहि उद्देश्य स्थापित गर्नु पर्दछ जुन भएको छैन अर्थात देश विकासको निम्ती कस्ता जनशक्ति उत्पादन गर्नुपर्ने हो र उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्देश्यका साथ शिक्षा प्रणालीको विकास गरिनु पर्छ ।
उसो भए हामीले नेपालको लागि नभएर विकसित देशका लागि शैक्षिक जनशक्ति तयार गरिरहेका त छैनौ ?
हामीले शिक्षा प्रदान गर्दा मुख्य गरी दुई पक्षमा विचार गरिनुपर्ने हुन्छ । एउटा विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने विज्ञान, प्रविधि, ईन्जिनियरिङ्ग र गणीत विषयमा सवल वनाउने र अर्को नेपालको सन्दर्भमा उपलव्ध श्रोत र साधनको उपयोग गरी रोजगारी सिर्जनागर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्न जरुरी छ ।
हाम्रो शिक्षाको मुख्य कमजोरी के हो त ?
हामीले सहि निति र व्यवस्थापन गर्न नसक्दा एउटै शैक्षिक प्रणालीबाट २ किसिमका  जनशक्ति उत्पादन गरिरहेका छौ । उदाहरणको लागि हुने खाने वर्ग अर्थात धनि र गरीव विचको विभेद बोडिङ्ग स्कूलमा उजागर हुन पुग्यो ।
अर्थात बोडिङ्ग स्कूल भनेको धनीले पढ्ने र सामदायिक स्कूल भनेको गरीवले पढ्ने रुपमा देखियो । साथै बोडिङ्ग स्कलमा पढ्ने उच्च मध्यम वर्गिय र धनि बर्गका छोराछोरीहरु नेपाली परिबेशबाट टाढा छन् अर्थात नेपालबारे कम बुझेका हुन्छन र सदैव ध्यान अमेरीका , अष्ट्े«लिया र क्यानडा कसरी जाने र कसरी भौतिक सुख सयलमा रमाउने भन्ने अवसरको खोजीमा हुन्छन् ।
अर्कौ तर्फ सामुदायिक बिद्यालयमा पढेका बिद्यार्थीहरु पनि अरुको सिको गदै मध्य पूर्वका देश मलेशिया र अन्य मूलुकमा काम गर्न जाने दौडमा सरिक छन् । थोरै प्रतिशतले मात्र सरकारी सेवामा रोजगारी पाएका छन् । तसर्थ देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न नसक्नु नै प्रमुख कमजोरी हो ।
देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न के के गर्नु पर्दछ ?
पहिलो कुरा त शिक्षाको उद्देश्य स्पष्ट पार्नु जरुरी छ,  जस्तै स्वउध्यमका लागि शिक्षा, स्वदेशी रोजगारी, बैदेशिक रोजगारी कुनमा कति भार दिने हो सो अनुरुपको उद्देश्य सहित पाठ्यक्रम तर्जुमा हुन पर्दछ ।
उदाहरणका लागि नेपालमा ४२ वटा शिक्षा संकायका क्याम्पसबाट बार्षिक २० हजार वि.एड उत्पादन गर्नु जरुरी छ कि छैन ? तिनीहरुको काम केवल शिक्षक मात्र हुने हो । अगे्रजीमा वि.एड गरेको ब्यक्ति र अगे्रजी मुख्य विषय लिई वि.ए गरेका ब्यक्ति कुन अग्रेजीका लागि दक्ष शिक्षक हो किटानी हुन जरुरी छ ।
त्यस्तै गरी आगामी १० बर्षका लागि नेपालमा विषयगत जनशक्तिको आबश्यकता प्रक्षेपण गर्नु जरुरी छ । जस्तै नेपालमा जलविद्यतको प्रचुर संभावना छ तर जलविद्युतसंग सम्वन्धित आधारभूत, मध्यम र उच्च दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन ।
नेपालको पेशागत क्षेत्रको उत्पादकत्वमा कमि भई रहेको छ । यसमा प्राविधिक जनशक्ति र उत्पादकत्व विच कस्तो तादम्यता छ ? 
वास्तवमा मध्यम तथा उच्च तहका अधिकांस प्राविधिक जनशक्तिले आफ्नो पेशागत क्षेत्रको उत्पादकत्व वृद्धिमा काम नगरेको कारणले गर्दा नै उत्पादन क्षेत्र दिन प्रतिदिन गिर्दो अवस्थामा छ ।
आर्थिक विकासको बाटोमा लम्केका देश एवं अष्टे«लिया जस्ता विकसित देशमा समेत कृषक भनेको कृषिमा डिप्लोमा तथा उच्च अध्ययन गरेका मात्र हुुन्छन । जस्ले गर्दा कृषिमा ज्ञान र प्रविधिको प्रयोग भई उत्पादकत्व ज्यादै नै उच्च भएको पाईन्छ ।
तर हाम्रो देशमा त्यस्ता जनशक्ति कृषकको रुपमा देख्न दिवास्वप्न सरह छ । अतः कृषि क्षेत्र दिनानुदिन खस्कँदो अवस्थाले गर्दा ब्यापार घाटा उच्च छ । यो त उदाहरण मात्र हो । अन्य क्षेत्रमा पनि यो समस्या उस्तै छ ।
नेपालमा गुणस्तरीय शिक्षाको लागि के कस्तो प्रावधान हुन जरुरी छ ?
गुणस्तरीय शिक्षा आफैमा यस्तो विषयवस्तु हो जुन सन्दर्भ अनुसार फरक हुन्छ । मुख्य गरी त्यस्तो  शिक्षा जसले देशको लागि सुयोग्य नागरीक बनाउने, आफ्नो क्षेत्रमा ज्ञान सीप र व्यवहारमा निपूर्ण, र उद्यमशिलता सहितको रोजगारी हुन सक्ने हुनुपर्छ ।
शिक्षाले ग्लोवल बातावरणमा सोच्ने एवं प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रको हितमा काम गर्न सक्ने जनशक्ति उत्पादन गरेमा मात्र त्यो गुणस्तरीय शिक्षा हुन्छ ।
अतः नेपालको सन्दर्भमा गुणस्तरीय शिक्षाको लागि शिक्षाको स्पष्ट निति र उद्येस्य, समय सान्र्दर्भिक स्वरोजगार मुखी पाठ्यक््रम, सवै विद्यालयमा  यथेष्ट शैक्षिक सामग्रीहरु एवं पढ्ने वातावरण, विषयगत क्षेत्रमा सर्वोच्चता प्राप्त ब्यक्तिलाई शिक्षक वनाउने वातावरण, शिक्षक दक्षता परीक्षाबाट छनौट गर्ने कुुराहरु अपरिहार्य छ ।
तपाईको बढी विज्ञता भएको प्राविधिक शिक्षाको सन्दर्भमा आगामी  दिनमा प्रविधीक शिक्षालाई कुन किसिमले विकास गर्नुपर्ला ?
पहिलो कुरो त प्राविधिक तथा व्यावसायिक शिक्षा भन्ने वित्तिकै गरी खाने  शिक्षा भएकोले सीप, ज्ञान र व्यवहार सहितको सक्षमतामा आधारित शिक्षा हुनुपर्दछ ।
नेपालको सन्दर्भमा संख्यात्मक रुपमा धेरै प्राविधिक शिक्षालयहरु, प्राविधिक कलेजहरु छन् तर उत्पादित जनशक्तिहरु  आफ्नो क्षेत्रमा प्रयोगात्मक काममा निपुर्णता  भएको र सीपमूलक  काम गर्ने चाहाना भएका धेरै कम भेटिन्छन् ।
त्यसैले प्रगोगात्मक भार बढाई स्वउद्यमशिलता सम्वन्धि विषय पाठ्यक्रममा बढाउन जरुरी छ । त्यस्तै गरी  सवैको चाहाना स्वेत रोजगारी अर्थात सुपरभाइजरमुखी भएबाट पाठ्यक्रममा परिवर्तन गर्नु जरुरी छ ।  त्यस्तै आधारभूत सीप को लागि कम्तीमा १ वर्षको सीपमुलक तालिमलाई व्यापकता दिन जरुरी छ ।
संघीय नेपालको सन्दर्भमा प्राविधीक शिक्षा कस्तो ढाँचामा जानुपर्छ ?
संघीय तहमा प्राविधिक विश्व बिद्यालय, राष्ट्यि व्यावसायिक दक्षता प्राधिकरण, गुुुणस्तर निर्धारणका लागि केन्द्रिय निकाय हुन जरुरी छ भने प्रादेशिक तहमा प्रादेििशक प्राविधिक तथा व्यावसायिक  शिक्षा एवं तालिम परिषद् र बहु प्राविधिक शिक्षालय आवश्यक छ । त्यसैगरी स्थानिय तहमा  सीपमूलक व्यावसायिक तालिम केन्द्रहरु स्थापना गरिनुपर्छ ।
प्राविधिक शिक्षाको लागि श्रोत परिचालन र व्यवस्थान कसरी गर्नु पर्ला ?
राष्ट्रिय सीप विकास कोष खडा गरी एकद्धार प्रणाली मार्फत श्रोत प्रवाह  गर्नुपर्छ । प्राईभेट र सरकारी श्रोत दुवैलाई सही ढंगबाट व्यवस्थापन गर्नु जरुरी छ । १२ वटा मन्त्रालयमा सीपमलक तालिमको  बजेट प्रवाह गरी दुरुपयोग गर्ने   परिपाटी अन्त्य हुन जरुरी छ ।
विद्यालयमा कक्षा ९ बाट शुरु भएको  प्राविधिक धारका सम्वन्धमा तपाईको धारणा कस्तो छ  ?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट संचालित टिएसएलसी र डिप्लोमा कार्यक्रम त प्रयोगात्मक सीपको अभावमा  स्वेतकलरमूखी भएको अवस्थामा  कक्षा ९ देखि प्राविधिक धारको शिक्षा भनेको श्रोतको हिसावले बालुवामा पानी खन्याए सरह हो भने विद्यार्थी र अविभावकलाई गुमराहमा पारी न दक्षता दिन सकिएको छ नत  साधारण शिक्षाको  विज्ञान, गणीत, अग्रेजी र सामाजिक शिक्षामा अव्वल बनाउन सकिएको छ ।  यो त झन् उद्देश्य विहिन छ भन्नु उपर्युक्त होला ।
त्यसो हो भने प्राविधिक धारको बिद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्नुुपर्छ ?
बिद्यालय तहमा प्राविधिक एवं व्यावसायिक शिक्षाको जानकारी दिने स्वउद्यमशिलता विषय थप्ने, सफ्ट स्किल (संचार, भाषा, आतिथ्यता) जस्ता विषय थप्ने र अनुसन्धानमुलक शिक्षा प्रणाली विकास गर्नु जरुरी छ । विशेष गरी खेलकुद, संगीत, स्वउद्यमशिलता, पर्यटन, कृषि जस्ता विषयहरु मात्र राखी व्यावसायिक धार राख्नु पर्दछ ।
१२–१५ वर्षको विद्यार्थीलाई इन्जीनीयरीङ तथा कृषि विषयका हार्ड प्राक्टीकल स्किलहरु राख्दां उनीहरुको उमेर र अन्य विषयमा दिनुपर्ने समय अपुग हुदां विद्यार्थीहरु झन कमजोर निस्कन्छन् ।
त्यसैले सरल विषय तर्फ मात्र केन्द्रीत गरी व्यवसायिकताको भावनाको विकास मात्र गर्नु पर्छ । त्यस पछि उच्च माध्यमिक तहमा उनीहरु प्राविधिक शिक्षा वा साधारण शिक्षा तर्फ रुची अनुसार आफ्नो बाटो तय गर्न सकुन् ।
–बुधवार साप्ताहिकबाट

टेलिकमले ल्यायो होली अफर

काठमाडौं – नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ।

टेलकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जीएसएम मोबाइलका ग्राहकले ‘होली अफर’ उपयोग गर्न सक्ने उल्लेख गरिएको छ। कम्पनीका ग्राहकले आगामी फागुन १७ देखि चैत १ गते सम्म अफर उपभोग गर्न पाउनेछन्।

अनलिमिटेड भ्वाइस नाइट कल
अफरअन्तर्गत टेलिकमले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ। सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ।

अनलिमिटेड अल टाइम डाटा
त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ। डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ। १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

अनलिमिटेड नाइट डाटा 
एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ। सो नाइट डाटा प्याक १५ रुपैयाँमा राति १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ। १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस 
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरेपछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ। सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ।

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट (१४१५) डायल गर्न सकिने टेलिकमले जनाएको छ।

समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम

न्युयोर्क – सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ।

फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ।

प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ। समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक होस् त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ।

यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ। ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं,’ फेसबुकले भनेको छ। सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिनेछैन्।

यो कदमबाट फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकको विश्वास छ।

नेपाल र चीन सूचना महामार्गमा जोडिए

काठमाडौँ– नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को शुक्रवारबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको छ ।

नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै चीनसँग सम्पर्क विस्तार भएको छ । सूचना महामार्गमा भारत र चीन दुवैतिरबाट नेपाल जोडिएको छ ।

योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै चीनसँग सम्पर्क विस्तार भएको छ । सूचना महामार्गमा भारत र चीन दुवैतिरबाट नेपाल जोडिएको छ ।

आगामी दिनमा सस्तो र सुलभ दरमा दूरसञ्चार सेवा आदानप्रदान गर्न सकिनुका साथै चीन र भारतबीचको पारबाहन सम्पर्कस्थल (ट्रान्जिट प्वाइन्ट)का रुपमा नेपाललाई विकास गर्न सकिने भएको छ । उच्च हिमाली क्षेत्र तथा दुवैतर्फको कठिन भूभागका बाबजुद सञ्चालनमा आएको यस सेवालाई समुद्रसम्म फाइबर बिछ्याउनका लागि दीर्घकालीन नयाँ विकल्पका रुपमा हेरिएको छ ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनका लागि प्राविधिक तथा व्यावहारिकरुपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआबद्धता हुनुपर्ने आवश्यकताको बोध भई सन् २००३ मा तत्कालीन श्री ५ को सरकार र चिनियाँ सरकारबीच आर्थिक तथा प्राविधिक सम्झौता गरिएको थियो ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौँदेखि खासा झाम्सुङसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सन् २००८ अगष्टमा सम्पन्न भएको थियो । टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेशन कर्पोरेशनबीच झाङ्मु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्नेसम्बन्धी समझदारीपत्रमा सन् २०११ डिसेम्बर २६ मा हस्तक्षर भएको थियो ।

दुई मुलुकबीच पर्ने उच्च हिमाली क्षेत्रमध्ये २०० किमी आरक्षित क्षेत्र हुँदै अप्टिकल फाइबर बिछ्याइएकाले सो क्षेत्रमा चिनियाँ टेलिकम र नेपाल टेलिकमले सुरक्षा प्रबन्ध गर्ने उल्लेख गरिएको छ । सन् २०१३ डिसेम्बर २३ मा वैकल्पिक रुटका रुपमा नेपाल–चीन क्रसबार्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन प्रणाली निर्माण र मर्मतसम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेशनबीच सम्झौता भएको थियो । सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्पका कारण काठमाडौँ–तातोपानी रुट क्षतिग्रस्त उक्त कार्यमा अवरोध सिर्जना भएको भयो । त्यसलगत्तै काठमाडौँ–रसुवागढी रुटका लागि आवश्यक लिंक निर्माणसम्बन्धी कार्य अगाडि बढाइएको थियो ।

तत्पश्चात सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको थियो । यहीबीचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो । सन् २०१६ को डिसेम्बरमा यससम्बन्धी व्यावसायिक सम्झौता हङ्कङमा सम्पन्न भएको थियो ।

टेलिकमले शुक्रवार आयोजना गरेको उद्घाटन कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर लिंक व्यावसायिकरुपमा सञ्चालन हुनु दूरसञ्चारको विकासमा नेपालका लागि कोसेढुङ्गा भएको बताए ।

बिशेष समाचार

निर्मला हत्या प्रकरणको एक वर्ष, दोषी पत्ता लगाउन सरकार असफल

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

दोलखामा कारागारभित्रै कैदीकाे मृत्यु, आत्महत्याकाे आशंका

%d bloggers like this: