अन्तराष्ट्रिय

विश्व सञ्चार परिषदको नेपाल च्याप्टर गठन, कार्यसमितिमा को–को ?

काठमाडौं – विश्व सञ्चार परिषद नेपाल च्याप्टरको शनिवार औपचारिक घोषणा गरिएको छ । काठमाण्डौंमा आयोजित एक समारोहका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिषदको  नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै शुभारम्भ भएको घोषण गरेका हुन् । सो अवसरमा मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रता कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले मुलुकको विकासका लागि मिडियाले जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताए ।

पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको सहभागितामा गठित परिषद्को नेपाल च्याप्टरको १९ सदस्यीय कार्य समितिको अध्यक्षमा लक्ष्मणदत्त पन्त रहेरका छन् । यसैगरि उपाध्यक्षमा कपिल काफ्ले, सचिवमा उमेश पोखरेल, सह सचिवमा सुरेश कुमार यादव र कोषध्याक्षमा आरती शिल्पकार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा यम बहादुर दुरा, डां अभयराज घिमिरे, अमरध्वज लामा, अनिता विन्दु, तुला अधिकारी, जें बि विश्वकर्मा, सुमन गिरी, कृति भुजु, जगदिश्वर पाण्डे, राधा खनाल, श्रीकृष्ण धिमाल, दीर्घराज उपाध्याय र चन्द्रशेखर कार्की रहेका छन् ।

विश्व सञ्चार परिषद नेपाल च्याप्टरका कार्यसमितिलाई पब्लिक रिलेशन काउन्सिल अफ ईन्डिया, कलकत्ता च्याप्टरका अध्यक्ष विश्वजित दासले समितिका सदस्यलाई सपथ ग्रहण गराए । सो क्रममा समितिका सदस्यहरुले सुदृढ र सक्षम समुदायको लागि सञ्चार तथा पत्रकारिता जगतबाट प्राज्ञिक योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।  सोहि अवसरमा दक्षिण एशियामा सम्पादकीय स्वतन्त्रताको अवस्था र संचारमा समावेशिताका मुद्दाका विषयमा छलफल भएको थियो ।

सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पीं खरेल, नेपाल समचारपत्रका सम्पादक कपिल काफ्ले, द राईजिङ्ग नेपालका सम्पादक जगदिश पोखरेल, द हिमालयन टाईम्सका सम्पादक प्रकाश रिमाल, गोरखापत्र दैनिकका हरिकला अधिकारी, बाह«खरी डटकमका सम्पादक प्रतीक प्रधान, आलाईनखबरका सम्पादक अरुण बराल, थाहखबर डटकमका सम्पादक, तीर्थ कोईराला, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झा लगायतले आ-आफ्नो विचार राखेका थिए ।

उनीहरुले दक्षिण एशियाको संचारमाध्यमको सम्पादकीय स्वतन्त्रता राज्यको राजनीतिक, आर्थिक, सामाजिक वातावरणले प्रत्यक्ष र परोक्ष असर राख्ने धारणा व्यक्त गरे ।

Source:ratopati

तलब नपाएपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

भारत । आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए ।

गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो । शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट फरालेर आत्महत्या गरे ।

शैलेष सिंहका जेठो छोरा पनि जेट एयरवेजमा नै काम गर्थे । जेट एयरको उडान बन्द भएकाले उनको पनि तलब आएको छैन । जेट एयरवेज सञ्चालनमा नआउँदा कम्पनीमा कार्यरत कयौँ कर्मचारीहरु आर्थिक संकटमा जुधिरहेको बताएका छन् 

चीनमा आगलागीमा परी ३० जनाको मृत्यु

काठमाडौं । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ ।

आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ को उद्धार गरेका छन् । घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र हो । अग्नी नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।(एजेन्सी)

बसमा आगलागी हुँदा पेरुमा २० जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं । पेरुको राजधानी लिमामा दुईतल्ले एक बसमा आगो लागेपछि कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा आठजना घाइते भएका छन् । बसबिसौनीमा उभिएको बसमा अचानक आगो लागेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार, आगो बसको पछाडीको भागबाट लाग्न शुरू भएको थियो र तत्कालै फैलियो । मारिएकामध्ये अधिकांश बसको माथिल्लो तल्लामा रहेको अधिकारीहरूले जनाएका छन् । बसमा कतिजना सवार थिए भन्ने स्पष्ट हुन सकेको छैन । बसमा आगो निभाउने कुनै साधन नभएको अधिकारीहरूको भनाइ छ । बस उत्तरी शहर चिकलायोतर्फ जाँदै थियो ।

डेटिङमा सन्तुष्टि नभएको भन्दै आमाले बेचिन् १६ लाखमा छोरी

काठमाडौं । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ ।

बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्षीया ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ ।

उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्ड (करिब १६ लाख ७३ हजार ५ सय५४ नेपाली रुपैयाँ)मा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको अखबारले जनाएको छ । 

घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् ।

राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिएका छन् ।

दुवै बसमा ५०/५० जनाभन्दा बढी यात्रु रहेकोमा एकआपसमा ठोक्किएका बसमध्ये एउटामा आगलागीसमेत भएको थियो । कतिपय यात्रुको बसभित्रै जलेर मृत्यु भएको थियो । दुर्घटनामा घाइते २८ जनाको उपचार भइरहेको र ७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी) 

इराकमा डुंगा दुर्घटना, करिब एक सय जनाको मृत्यु

मोसुल । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ । मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् । ५५ जनाको जीवितै उद्धार गरिएको छ । डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ । मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको भन्दै अधिकारीहरुले चेतावनीसमेत जारी गरेका थिए । तर, सोही अवस्थामा एउटै डुंगामा ठूलो संख्यामा पर्यटक चढेर गएपछि दुर्घटना भएको बताइएको छ । (एजेन्सी)

कंगोमा रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

एजेन्सी । कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् । कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार भएको दुर्घटनामा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् ।

अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते केहीको अवस्था गम्भीर छ । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । ३१ जना घाइतेहरुलाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्याएको छ ।

बाढी र पहिराेमा परि इन्डोनेसियामा ६३ जनाको मृत्यु

काठमाण्डाै –  इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको ज्यान गएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् । 

अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए ।

बाढीले दर्जनौँ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

न्युजिल्याण्डमा गोली प्रहारबाट ४९ जनाको मृत्यु (अपडेट)

न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राईस्टचर्चस्थित दुई वटा मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारमा ४९ जनाको मृत्यु भएको छ । घाईते २० जनाको अवस्था गम्भीर छ । शुक्रबारको प्रार्थनाका लागि मस्जिद गएका धर्मावलम्बी लक्षित आक्रमणमा संलग्न एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । पक्राउ पर्नेमा एक जना, अष्ट्रेलियाली अतिवादी रहेकोे अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताउनुभएको छ ।

घटनापश्चात क्राईष्टचर्च क्षेत्रका सबै बजार, पसल तथा विद्यालय बन्द गरिएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्देनले आजलाई कालो दिनको संज्ञा दिनुभएको छ । आप्रवासीका कट्टर विरोधी मानिने आक्रमणकारीले आफ्नो उद्देश्यसहितको घोषणापत्र सार्वजनिक गर्दै फेसबुक लाईभ गर्दै गोली प्रहार गरेको द हेराल्डले जनाएको छ ।

आक्रमण भएका दुई मस्जिदमध्ये एकमा प्रार्थनाका लागि पुगेको बंगलादेशी राष्ट्रिय क्रिकेट टोली फर्किएको केही समयमै आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । बन्दुकधारी मस्जिदमा प्रवेश गर्नुभन्दा केही मिनेट अघिमात्रै बंगलादेशी टोली मस्जिदबाट बाहिरिएकाले सबै सुरक्षित रहेको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । न्युजिल्याण्डमा टेष्ट म्याच खेल्न बंगलादेशी टोली क्राईस्टचर्च पुगेको थियो । घटनापछि भोलिका लागि तय खेल रद्द गरिएको छ ।

बिशेष समाचार

निर्मला हत्या प्रकरणको एक वर्ष, दोषी पत्ता लगाउन सरकार असफल

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

दोलखामा कारागारभित्रै कैदीकाे मृत्यु, आत्महत्याकाे आशंका

%d bloggers like this: