कला/साहित्य

आइज निँदरी आइज

आइज निँदरी आइज

कला/साहित्य
  – निर्मलमणि अधिकारी "आयोदधौम्य" सानैमा झोलुङ्गामा हल्लाउँदै सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो : “आइज निँदरी आइज … …” र म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । सानैमा बुई चढाएर पिठ्युँमा मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः “आइज निँदरी आइज … …” र म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । सानैमा सुम्सुम्याउँदै मलाई परीकथा हाल्नुहुन्थ्यो मेरी आमा जहाँ- परीहरु हुन्थे परीकथामा दुःखीहरुपनि हुन्थे खलचरित्रहरु पनि त हुन्थे परीकथामा दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास र परीहरु आइपुग्थे अचानक – उनीहरु दुःखीका आँसु पुछिदिन्थे उनीहरु बदमासहरुलाई दण्ड दिन्थे उनीहरु खुशी बाँडेर खुशी हुन
भानुजयन्तीको अवसरमा

भानुजयन्तीको अवसरमा

कला/साहित्य
Ambika Dhital ---- रामायणको अनुवाद गर्यौ , हे भानुभक्त नेपाली भाषाको प्रचार गरी,बनायौ सशक्त भक्तमाला , प्रश्नोत्तर , बधुशिक्षा हुँदै रामगितामा आध्यात्मिक,भाव छ अभिव्यक्त अमरावती कान्तिपुरी ,सुन्दर नगरीमा व्यङ्ग्य गर्दै समाजको,चित्र खिच्यौ दुरूस्त भाषाहरूको एकीकरण,गरी नेपालमा जोगायौ हर नेपालीलाई,हुनबाट विरक्त सेवा गर्ने घाँसीको ,उच्च विचारलाई कदर गर्दै बन्यौ तिमी,सदा रामको भक्त प्रकृति र राष्ट्रप्रेम ,नैतिकता सिकाउने आदिकवि भानु प्रति छौँ,हामी अनुरक्त
रबिन बिष्ट ” स्नेही  काभ्रेपलाञ्चोक जिल्ला को मुर्झने शष्टा

रबिन बिष्ट ” स्नेही काभ्रेपलाञ्चोक जिल्ला को मुर्झने शष्टा

कला/साहित्य
म तिम्रै हु भनी, फकायो उसैले। खिचडी अनौठो, पकायो उसैले। भरोसा दिलायो, म मिले उसैमा, बनाएर झरी बागायो उसैले। भन्यो प्यार गर्छु लुटाएर आए, बद्नामी गरायो सतायो उसैले।
गर्ला रगत् भक्षण…….

गर्ला रगत् भक्षण…….

कला/साहित्य, राष्ट्रिय
Kanakdhara Swami Swadeshanand  (शार्दूलविक्रीडित छन्द) ००००००० ०००००००००० ००००० मेरो यो खुकुरी अशिक्षित भयो पढ्दैन एक्कैरति। मेरो यो खुकुरी अबूझ पनि हो बुझ्दैन एक्कैरति। यो मुङ्ग्रे खुकुरी पुगी समरमा नाच्नेछ कोही दिन, गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण। पक्रौंला जब हातले बल गरी खोज्नेछ यो फुत्कन, खाँदौंला अनि दापमा खुरुखुरू निस्कन्छ यो युद्धमा। मेरो यो खुकुरी छुचो छ बहुतै धेरै नजिस्क्याउन, गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण। मेरो यो खुकुरी विलासपनको जान्दैन भाका पनि, मेरो यो खुकुरी दलाल-पथको गर्दैन यात्रा पनि। मेरो यो खुकुरी कुनै समयमा देखिन्छ मैदानमा, गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण। मेरो यो खुकुरी समाज-ठगको बोल्दैन बोली पनि, मेरो यो खुकुरी हिमालतिरको आशा-भरोसा छ नि। गोर्खा राज्य हुँदैन भन्दछ भने तम्सिन्छ टुक्र्याउन, गोर्खाको खुकुरी महासमरमा गर्ला रगत् भक्षण।
हाँसो बढ़ाईकन…..(शार्दूलविक्रीडित छन्द)

हाँसो बढ़ाईकन…..(शार्दूलविक्रीडित छन्द)

कला/साहित्य
रचनाकार: कनकधारा स्वामी स्वदेशानन्द ०००००००००००००००००००००००० देखें सुन्दर सुन्दरी मुलुकका पाखा पखेराभरि, बेंसी लेक मधेश गाउँ घरमा नेपालकै दौंतरी। सारा रात बसे बसे विपिनमा सीमा सुरक्षा गरी, मेरो राष्ट्र बचाउने कवच हुन् थारू तथा मैथिली। हाम्रै यी सय जातिका सुमनमा कीरो पसेको छ रे! माला फूल दुबै बिगारिरहने षड्यन्त्र गर्दैछ रे! बारी मास्न पसे विभिन्नथरिका बन्सो तथा जंगल, फ्याँक्नैपर्छ उखेल्नुपर्छ अहिल्यै देखिन्न रे मंगल। सामा धान म हूँ भनेर जति नै फुर्की झुले तापनि, सामा धान हुँदै हुँदैन कहिल्यै जस्तै फले तापनि। सामाको अनि धानको विषयमा केही नजान्नेहरू! बारी खेत छुटाउने तय गरे नेपाल तोड्नेहरू। केही घाँस छिरे छिमेकतिरका हाम्रै बगैंचातिर, आफ्नै बीउ,जरा र ब्याडतिर नै मान्नेगरेका घर। मासी फूल बगान घाँस अहिल्यै मौलन्छ बारीभरि, घाँसै मात्र फुले गुराँस वनमा फक्रन्छ रे के गरी? मात्रै घाँस निक
के छैन नेपालमा? (शार्दूलविक्रीडित)

के छैन नेपालमा? (शार्दूलविक्रीडित)

कला/साहित्य
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द   .................................. ××××÷ ..................... झुल्कन्छन् हिमशैलबाट जहिल्यै श्रीसूर्यनारायण! शोभायुक्त भएर यो क्षितिजको देखिन्छ प्यारो वन! आफ्ना पूर्ण कला प्रदर्शित गरी डुल्छन् जहाँ चन्द्रमा! जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०१।। तारा टिल्टिलि साँझको प्रहरमा चम्केर रातैभरि! देखिन्छन् रमिता पहाड़तिरका पाखा-पखेराभरि! यस्तो सौम्य छ स्वर्ग भूमितलमा, को जान्छ रे स्वर्गमा? जागे राष्ट्रिय स्वाभिमान सबमा के छैन नेपालमा?।।०२।। चौंरी,बाघ,बँदेलले प्रकृतिको शोभा छरेकै छ रे! फक्री लाल गुराँस, बाबर-बुकी नेपाल फक्रन्छ रे! नेपाली ममता र प्यार समता पाइन्छ आपस्तमा! जागे राष्ट्रिय स्वाभिमान सबमा, के छैन नेपालमा?।।०३।। छन् डाँड़ा हरिया हिमालमनिका डाँफे उडी सुन्दर! टारी खेत झुले सुवर्णमयका बाला सुनौला तल! धर्तीकै अति दिव्य सुन्दर
म बज्रपात गर्दछु (पञ्चचामर ) रचनाकार :कनकधारा स्वामी स्वदेशानन्द

म बज्रपात गर्दछु (पञ्चचामर ) रचनाकार :कनकधारा स्वामी स्वदेशानन्द

कला/साहित्य
रचनाकार :कनकधारा स्वामी स्वदेशानन्द   अजेय हूँ,अभेद्य हूँ ,म भेदभाव मेट्दछु। म भूमिपुत्र देशको, म राष्ट्रगीत लेख्तछु। विधान हूँ स्वदेशको, म न्याय हूँ स्वदेशकै। म गीत हूँ स्वदेशको, म ताल हूँ स्वदेशकै।।०१।। म जाति-पाति देशकै र धर्म,कर्म देशकै। म खेतमा र बागमा, म झारपात देशकै। हिमालमा, तराइमा, पहाड़मा, मधेशमा। जताततै म देश हूँ, अनेक भाव-व्यक्तमा।।०२।। म शुद्ध हूँ नदीहरू, म तीर्थ हूँ हिमालय। म सौम्य,शान्ति बुद्ध हूँ, म देशकै शिवालय। म शव्द हूँ, म ब्रह्म हूँ, म वेद हूँ,पुराण हूँ। म देशको निमित्त हूँ, म राष्ट्रवादचित्त हूँ।।०३।। हिमालमा म जन्मिएँ, हिमालमैं म मर्दछु। हिमाल राष्ट्रबोधको, म शङ्खघोष गर्दछु। म शक्ति,भक्ति देशको, भविष्यको म सोच हूँ। समस्त राष्ट्र-राष्ट्रमा, म सार्वभौम राष्ट्र हूँ।।०४।। नहेप है, नहेप है छिमेकका मनुष्य हो! म सूर,वीर,वाण हूँ,म काल हूँ हिमालको। म बज्र हूँ, क