Year: 2017

कांग्रेस सकिएको छैन खबरदार?

गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ।

प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ। कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो। समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ।

एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ। पपुलर मतमा कांग्रेस-एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए। ‘कांग्रेसलाई मतदान गर्नेको संख्या बढ्यो, मत बढ्यो र कांग्रेस सकिएको छैन भन्ने सन्देश जनता जनार्दनबाटै प्राप्त भयो’, पौडेलले भने, ‘तर प्रधानमन्त्रीको पदकै लागि मरिहत्ते गर्दा प्रत्यक्षतर्फ पार्टी जोगिएन।’

 

‘कांग्रेसलाई मतदान गर्नेको संख्या बढ्यो, मत बढ्यो तर प्रधानमन्त्रीको पदकै लागि मरिहत्ते गर्दा प्रत्यक्षतर्फ पार्टी जोगिएन।’ रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस

‘दोस्रो स्थानमा झरेको कांग्रेस सकारात्मक रूपमा अर्को चुनावको तयारीमा लाग्नुपर्‍यो। बखेडा झिकेर सरकार गठनमा अवरोध सिर्जना गर्नुभएन।’ – सुवास नेम्बाङ, नेता, एमाले

कांग्रेस किनारा लागेको नभई आन्तरिक व्यवस्थापन र वैचारिकताको कार्यान्वयनका कारण प्रत्यक्षतर्फ असफल भएको उनले बताए। प्रत्यक्षमा भएको पराजयको जिम्मेवारी कसले लिनुपर्छ भन्ने जिज्ञासामा पौडेलले भने, ‘यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ, त्यसमा म पनि पर्छु।’ कांग्रेसलाई अबका दिनमा बचाउन कांग्रेसी भन्नेहरूको त्याग र बलिदानीपूर्ण सहभागिता अपरिहार्य रहेकोमा उनले जोड दिए।

एमाले नेता सुवास नेम्बाङले यसअघिका दुई चुनावमा पहिलो स्थानमा रहेको कांग्रेस अहिले समानुपातिक मतमा दोस्रो हुनु नै उसको पराजय भएको धारणा राखे। नेम्बाङले अन्नपूर्णसँग भने, ‘दोस्रो स्थानमा झरेको कांग्रेस सकारात्मक रूपमा अर्को चुनावको तयारीमा लाग्नुपर्‍यो’, उनले भने, ‘राष्ट्रियसभा गठनलगायत बखेडा झिकेर सरकार गठनमा अवरोध सिर्जना गर्नुभएन।’ यो वा त्यो विन्दुमा ताजा जनादेशलाई कसैले रोक्न नहुने धारणा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङले राखे।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले प्रत्यक्षमा हारेको कांग्रेसले उत्साहजनक रूपमा पपुलर मत पाउनुमा जनताको कांग्रेसप्रतिको प्रेम कारण रहेको बताए। ‘सर्वसाधारणले देख्ने र बुझ्नेगरी अनैतिक, भ्रष्टाचार र पदीय दुरुपयोग गरेकाले कांग्रेसले प्रत्यक्षमा हार बेहोर्नुपर्‍यो,’ उनले भने, ‘तर कांग्रेसप्रतिको प्रेमका कारण जनताले समानुपातिकमा उसलाई मत दिए।’

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु, भारतमा पुगेर नाकाबन्दी होइन भन्नु र अख्तियारका भ्रष्ट लोकमानको संरक्षण गर्नु उसको पराजयको मूल कारण भएको उनले बताए। ‘सातचोटि प्रधानमन्त्री हुन्छु’ भन्दै जनमतको उपहास गर्ने उट्पट्याङे प्रधानमन्त्रीलाई जनताले राम्रै शिक्षा दिएको धारणा उनले राखे।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिजुक्छे (रोहित) ले कांग्रेस र एमालेले पाएको मत परिणामलाई असन्तुलित लेनदेनको परिणामका रूपमा लिएको बताए। उनले भने, ‘यी दुवै शक्तिका लागि चुनौती भनेको शत्रु र मित्र नचिन्नु, परिवर्तनका वाहकलाई भन्दा यथास्थिति र परिवर्तनविरोधीको पक्षमा उभिनु नै हो।’ एमाले र माओवादीबीचको सम्भावित पार्टी एकतालाई उनले ‘भाइ कांग्रेस’ को संज्ञा दिए। एमाले-माओवादी मिलनलाई वामपन्थी गठबन्धनका रूपमा लिनै नसकिने उनले बताए।

नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनालीले यस पटकको चुनावी परिणाम अमिल्दो रूपमा आएको धारणा राखे। ‘प्रत्यक्षमा मत नपाउनेले समानुपातिकमा दोब्बर मत ल्याउने। प्रत्यक्षमा दोब्बर मतले जित्नेले समानुपातिकमा मत नै नपाउने भएकाले यसबारेमा विशेषज्ञहरूको विश्लेषण अपरिहार्य छ’, उनले भने।

जनताले समानुपातिकमा सम्मानजनक मत दिएकाले आगामी दिनमा कांग्रेस राष्ट्र र जनताप्रति बढी जिम्मेवार हुनुपर्ने पूर्वउपप्रधानमन्त्री मैनालीको सुझाव छ। संविधानसभाका पूर्वसांसद खिमलाल देवकोटाले प्रत्यक्षमा चुनावी रणनीति नै नरहेको कांग्रेसको जनमत समानुपातिकमा लुज नहुनुलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताए। उनले भने, ‘कांग्रेसको केन्द्रदेखि स्थानीय इकाइसम्म नेतृत्व, सैद्धान्तिक र वैचारिकतामा पुनर्संरचना गर्ने कार्य अपरिहार्य छ।’ पार्टीको आन्तरिक व्यवस्थापनका साथै राज्य सञ्चालनको नीतिमा समेत परिवर्तन कांग्रेसका लागि राम्रो हुने धारणा उनले राखे।

स्रोत- अन्नपुर्ण

प्रदेश बाट देउवा लाई पत्र

देश बन्न देश ले सहि बाटो तय गर्न कि काङ्ग्रेस बेलै मा सच्चिनु पर्थ्यो कि काङ्रेस सिद्दिनु पर्थ्यो र यी दुबै कुरा हुन उसले यो चुनाव मा प्रतिकुल नतिजा ल्याउनु पर्थ्यो !! यथार्थ यही थियो जुन लगभग पुरा हुँदैछ अब २ पार्टी मिलेर हराए ? बाघ लाई बिरला मिलेर हराए ? यो वा त्यो भन्नु को कुनै अर्थ छैन त्यो सिर्फ पराजित मानसिक्ता को उपज हो….
बिकास संबृधी र स्थायित्वका मुद्धा हरु सम्बोधन नहुनुमा काङ्रेस मात्रै हैन सबै पार्टी को ऊत्तिकै दोस छ तर सिर्फ १/२ बर्ष पहिले देखी का तथ्य हरु मात्रै हेरौ जुन काङ्रेस यो गतिमा आइपुग्नुमा मुख्य कारण हुन देश मा नाकाबन्दी हुँदै गर्दा सारा जनता दु:ख मा हुँदा देश का तत्कालिन प्रधानमन्त्री स्वयमले भारत ले नाकाबन्दी गरेको भन्दा एकाध नेता बाहेक काङ्रेस ले भारत ले नाकाबन्दी लगाएर नेपाली ले दु:ख पाए भन्न नसक्नु, प्रहरी प्रमुख नियुक्ती मा देखाएको लज्जास्पद प्रब्रिती, न्यायलय माथि को हस्तक्षेप ,स्थानिय् चुनाव मा देखाएको गैर राजनीतिक चरीत्र भुकम्प पीडित लाई एक मुस्ठ रकम दिने आवाज उठाई अहिले सम्म दुई किस्ता दिन नसक्नु आदी ले गर्दा काङ्रेस यो हालत भएको हो
काङ्रेस आँफैमा गलत पार्टी हैन तर उस्को प्रविती देश का लागि घातक थियो त्यस कारण काङ्रेस यो स्थिति मा आयो वास्तव मा यो उस्को हार हैन यो काङ्रेस को लागि पनि जित हो किनकी अहिले को नतिजा मा काङ्रेस ठुलो पार्टी हुँदा
देश ले हार्थ्यो तर अहिले देश ले जितेको छ संबृधी बिकास र राजनीतिक स्थायित्वका मुद्धा ले जितेको छ नकी कम्युनिष्ट शासन आए रुन पाइन्न अधिनायकबाद आउछ जस्ता बकम्फुसे मुद्धा ले … देश ले जित्दा काङ्रेस को हार भएको छैन र अब को ५ बर्ष काङ्रेस ले आफ्नो प्रब्रिती र चरीत्र सुधार्ने मौका समेत पाएको छ जुन स्वयम काङ्रेसी हरु लाई पनि सुनौलो मौका हो सुध्रिने र सुधार्ने …. र अर्को महत्पूर्ण तथ्य काङ्रेस को अहिले को नेत्रित्व भन्दा पनि खतरनाक छ आफु लाई काङ्रेस को भबिस्य् हुँ भन्ने केही युबा पुस्ता जस्ले काङ्रेस ले देश मा गलत गर्दै गर्दा गलत भयो भनेर बुलन्द रुप मा आवाज उठाएनन बरु तेही सरकार मा मन्त्री बनेर बसे जस्ले देश मा एउटा आसा जगाउने बिकास का कुरा गर्दा योजना का कुरा गर्दा बिरोध का लागि बिरोध स्वरुप रत्नपार्क मा कागज का रेल गुडाए बिकास का मुद्धा लाई खिल्ली गरे जस्ले स्थानिय चुनाव मा काङ्रेस ले गैर राजनीतिक चरीत्र देखाउदा बिरोध स्वरुप एक शब्द खर्चेनन् र तिनै ले आज फेरी काङ्रेस यो स्थिति मा आउनु मा सबै दोश आफ्नो नेत्रित्व माथि थुपारेर आफु चोखिन खोज्दै छ न् देश को लागि काङ्रेस का एस्ता युबा झनै घातक छन यो तितो यथार्थ हो ….
बिहानी ले दिन को संकेत गर्छ भने जस्तै अहिले को नतिजा पस्चात काङ्रेस सुध्रेला कि भन्नु अर्को दिवा सपना देख्नु जस्तो लाग्न थाल्यो काङ्रेस आफुलाई लोकतन्त्र र प्रजातन्त्र को ठेकेदार सम्झन्छ देश मा ताजा जनादेश अाइसक्यो राजनीतिक नियुक्ती गरेर तामासा देखाउदै छ यो चुनाव भन्दा धेरै अगि गर्नु पर्ने काम समय मा गरेन अब नयाँ सरकार लाई छोड्दिनु पर्ने आँफै कस्सिदै छ अरु त छोडौ पार्टी को प्रतिकुल नतिजा पश्चात पार्टी बैठक बोलाई समिक्षा गर्नु को साटो सार्वजनिक रुपमा एक अर्को लाई दोसारोपण मा ब्यस्त छन नेताजी हरु दुनियाँ भरि का लोकतन्त्र र प्रजातन्त्र का दुवाइ दिने काङ्रेस र काङ्रेसी नेत्रित्वले नैतिकता आधार मा राजिनामा दिनु पर्ने हैन र ? संसार मा अरु लोक्तान्त्रिक पार्टी का नेता को उधाहरन कसैले देउपा जि लाई सूनाइदिये नि हुनेनी ………….

Shova Poudel GC (USA)

पंगा टेलर सार्वजनिक (हेर्नुहाेस भिडियो सहित )

पोखरा मंसिर २७ बुधवार
पोखरामा कलाकारहरुको जमातले एउटाल फेरी उत्कृष्ट टेलिफिल्म ”पंगा” निर्माण गरेको छ। राम बाँस्तोलाको निर्देशनमा बनेको टेलिफिल्म ”पंगा” को टेलर बुधवार एक कार्यक्रम का विच सार्वजनिक गरिएको छ ।श्यामशुक्ला फिल्म प्रर्डक्सन को व्यानरमा निर्मीत टेलिश्रृङखलामा सामाजीक यथार्थतालाई चित्रण गर्ने प्रयास गरेको निर्देषक वास्तोलाले बताए । पोखराका विभिन्न रमणीय स्थलमा छायाङकन गरिएको टेलिश्रृङखला लाई पोखराको गण्डकी टेलिभिजन, पोखरा टेलिभिजन, र अमेरिकामा रहेको सगरमाथा टेलिभिजन बाट साथै श्यामशुक्ला इन्टरटेन्मेन्ट को युटुव चेनल बाट पनि सार्वजनिक गरने छ ।
राज पटेलले छायाङकन गरेको पंगाको सम्पादन अशोक आले मगर ले गरेका छन् भने कलाकारहरुमा पुर्ण जिसी, बज्रराज अधिकारी, अब्बास अली, प्रशिना आचार्य, रुपेश कार्की, डि. आर. काफ्ले, साहिल गायक, सुवास काफ्ले, उपेन्द्र गुरुङ, विक्रम घताने लगाएतलाई पाउन सकिन्छ । पोखरामा राम्रो कार्यक्रमको थालनि भएको र यसले निरन्तरता पाउनुपर्ने अनि आफ्नो साथ सहयोग सदैव रहने कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल चलचित्र पत्रकार संघ कास्की का अध्यक्ष रेम वि.क.ले बताए ।
निर्देशक बाँस्तोलाको शव्द संगीत रहेको पंगाको शिर्ष गितमा योेगेश काजीको आवाज रहेको छ भने गितको एरेन्ज एवम् सम्पादन शाहिल गायकले गरेका हुन । नमस्ते स्टुडियो पोखरामा रेकर्डीङ गरिएको शिर्ष गित केही दिनमा सार्वजनिक गरिदै छ । पोखराको चिप्लेढुङगामा रहेको दि भिलेज रेष्टुरेन्ट एण्ड क्याफे मा भएको कार्यक्रममा स्वागत मन्तव्य कलाकार बज्रराज अधिकारीले दिएका थिए । निर्देषक बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचमरकर्मी नारायण भट्टराईले गरेका थिए ।

अब बन्य नँया प्रधानमन्त्री केपी ओली करिब २८ हजार बढी मतले विजयी

एमाले अध्यक्ष केपी शर्मा ओली करिब २८ हजार बढी मतले विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ मा ओलीले खगेन्द्र अधिकारीलाई २७ हजार ८ सय ४२ मत अन्तरले हराउँदै विजयी भएका हुन्।

भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार ५७ हजार १ सय ३९ मतसहित ओली ओली विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २ सय ९७ मत पाएका छन्।

१ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो ।

को हुन् केपी ओली ?

ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्। ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट औपचारिक पढाइ सुरु गरेका थिए। उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो। डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो। २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए।

नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे। त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्।

बहुसंस्कृतिवादी हुन झन्डा च्यात्नैपर्छ ? युग पाठक?

सुजित मैनाली–

युग पाठकको नयाँ किताब ‘माङ्गेना : नेपाल मन्थन’को उज्यालो पाटो के हो भने यसले बहुसंस्कृतिवादका पक्षमा बहस गरेको छ । जनसांख्यिकलगायत सामथ्र्यप्रति निरपेक्ष भएर देशभित्रका सबै संस्कृतिप्रति समान व्यवहार गर्नु प्रजातान्त्रिक राज्यको धर्म बन्न गएको छ । त्यसैले ‘आधुनिक काल्पनिकीको नेपालमा को अटाउँछन्, को छुट्छन् ? ‘ भनी पाठकले तेस्र्याएको प्रश्न र ‘नेपालको परिकल्पनामा किन हिमाल, पहाड, झरनामात्र अटाउँछ ? खेत-खलिहान, आँपका टिकोला अझै पनि किन नेपालको परिकल्पनाभन्दा बाहिरै पर्छ ? ‘ (पृ. १७) भनी नेपाली राष्ट्रको प्रचलित भाष्यविरुद्ध उनले उठाएको सवाललाई बेवास्ता गर्न अब सम्भव छैन । वैकल्पिक भाष्य आवश्यक रहेको निष्कर्षमा पुग्न उनले अघि सारेका प्रमाण र तर्कबारे यो आलेखमा संक्षिप्त टिप्पणी गरिएको छ ।

१.

‘माङ्गेना : नेपाल मन्थन’को प्राण यसको पहिलो लेख ‘नेपाल : एक नक्सा, एक अवधारणा’ हो । यसमा पृथ्वीनारायण शाहले स्थापना गरेको आधुनिक नेपाल धार्मिक तथा साम्प्रदायिक ध्येयबाट निर्मित थियो भन्ने पुष्टि गर्न खोजिएको छ । झट्ट हेर्दा शाहवंशको नीतिप्रति असहमति व्यक्त गरेजस्तो देखिए पनि अन्तर्यमा यसले आधुनिक नेपालको जगलाई आलोचनात्मक दृष्टिले हेर्ने होइन, अपितु यसलाई समग्रमै अस्वीकार गर्ने नियत राखेको देखिन्छ । गैरहिन्दु धर्मलाई नस्ट गर्नु, यहाँका भाषाहरूलाई खस नेपाली भाषामार्फत विस्थापन गर्नु र सहजातीयलाई मात्रै अवसर दिनु नै आधुनिक नेपालको प्रमुख प्रयोजन थियो भन्ने पक्षमा यसले मत जाहेर गरेको छ । लेखकले भनेका छन्, ‘जब गोर्खाली भनेकै गोर्खा÷पर्वते भाषी, हिन्दु, क्षत्री-बाहुनको एक गठबन्धन थियो; अनि शासन, प्रशासन, सैनिक कुनै पनि राज्यका अंगमा अरू समुदायका मानिस नअटाउने व्यवस्था मिलाइएको थियो… (पृ. ३३-३४)।’
आधुनिक नेपाल निर्माण गर्दा निश्चय पनि रगतको होली खेलियो । यद्यपि, साम्प्रदायिक नियतका साथ रगत बगाउने काम भएको थिएन । पृथ्वीनारायणले पाखा लगाएका अधिकांश राजा हिन्दु थिए । तिनमा उनका कुटुम्बहरू पनि थिए । कुटुम्ब र सहधर्मीलाई पाखा लगाउन उनले गैरहिन्दुहरूको सहयोग लिएका थिए।

राजा भएपछि विजय अभियान बढाउने संकल्प गर्दाताका उनीसँग मुख्यत: बाहुन, खस, मगर र ठकुरी गरी चार जातका सैनिक थिए (दिव्यउपदेश, पृ. २, नेपाल ल कमिसन) । त्यसपछिका दिनमा गुरुङहरूले गरेको सहयोगबाट अत्यधिक प्रभावित भएर उनले सेनामा बाहुनको स्थानमा गुरुङलाई राखे । जीवनका अन्तिम दिनहरूमा उनले हतियार राम्रोसँग चलाउनसक्ने (लुहा च्यापन्या) जात खस, मगर, गुरुङ र ठकुरी भएको र उनीहरूसँग इन्द्रको आसन पनि डगाउने क्षमता भएकाले यी जातका मानिसलाई हरेक पट्टी (सैन्य टोली)मा राख्न भारदार र सन्तानहरूलाई उपदेश दिएका थिए (दिव्यउपदेश, पृ. ८)।

मगर समुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्मभन्दा पुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाई मगर भनेका छन् । म मगर हुँ नभने पनि पृथ्वीनारायणले आफूलाई मगरातको राजा बताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायणअघिका गोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरका राजा’ भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्ने व्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जो पृथ्वीनारायणले ‘दिव्यउपदेश’ दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) ।

पृथ्वीनारायणभन्दा अघिदेखि नै मगरहरू गोर्खाली सेनाको उपल्लो दर्जामा रहने गर्थे । पृथ्वीनारायणले यो चलनलाई जारी राखे । गुरुङसँग गोर्खाको साइनो पनि पृथ्वीनारायणभन्दा पुरानो हो । द्रव्य शाहले लमजुङबाट आफूसँगै गोर्खा आएका गुरुङहरूलाई उमरा पद दिएका थिए (जगमान गुरुङ, नेपालको एकीकरणमा गुरुङहरूको योगदान, पृ. १०) । पृथ्वीनारायणको पालामा गोर्खामा खस र मगरको संख्या बढी थियो भने कास्की र लमजुङमा गुरुङहरूको । कास्की र लमजुङ गोर्खामा गाभिएपछि गोर्खाको सैन्य तथा प्रशासनिक फाँटमा गुरुङहरूको संलग्नता क्रमश: बढ्दै गयो । र, यी दुई समुदायको सहयोगमा पृथ्वीनारायणको अभियान अघि बढ्यो ।

बहुसंस्कृतिवादी हुन राज्यलाई घृणा गरिरहनु पर्दैन र नेपालको झन्डा नच्यातीकनै सीमान्तकृतहरूको मांगेना (शिर ठाडो पार्ने काम) सम्भव छ । तर, पाठकले किताबको गातामा नेपाली झन्डा च्यातेका छन् ।

विजय अभियानका क्रममा पृथ्वीनारायणले सधर्मी र सजातीय राजा तथा भारदारहरूको मात्र होइन, गण्डकी प्रदेशका सगोत्री राजाहरूको समेत हत्या गरेका थिए । हिन्दु धर्मविधानमा सगोत्री हत्या परम पापमा गनिन्छ । सगोत्री हत्याको पापबाट मुक्त हुन उनले काशी गएर भारद्वाज गोत्र त्यागी काश्यप गोत्र ग्रहण गर्नु परेको थियो (डा. जगमान गुरुङ, अन्नपूर्ण पोस्ट्, २०७२ चैत्त ६) । सधर्मी, सजातीय र सगोत्रीहरूको वध गर्न उनले गैरहिन्दु मगर र गुरुङहरूको सहयोग लिएका थिए । दुई मोर्चामा एकसाथ युद्ध गर्नु हुँदैन भन्ने मान्यता बोक्ने पृथ्वीनारायणले तान्त्रिक अनुष्ठान गरेर पश्चिमको लडाइँ रोक्ने काममा ज्ञानकार बाँडा (नेवार)लाई खटाएका थिए र बाँडाले इन्द्रायणीको तीरमा गएर अनुष्ठान गरेका थिए (ज्ञानमणि नेपाल, नेपाल निरुपण, पृ. २०७) । यसले पनि पृथ्वीनारायणको विजय अभियान जातीय तथा धार्मिक भावनाबाट नभई शक्ति आर्जन गर्ने विशुद्ध राजनीतिक ध्येयबाट प्रेरित थियो भन्ने देखाउँछ ।
२.

समान भाषा-संस्कृतिले पृथ्वीनारायण र पूर्वी नेपालका बाहुन-क्षत्री-ठकुरी-खसबीच सम्बन्धको सेतु बनाइदिएकाले नेपालभरि रहेको खस-आर्यको फैलावटबाट पृथ्वीनारायणको विजय अभियान लाभान्वित हुन पुगेको युग पाठकको अर्को तर्क छ । यसका लागि उनले माझकिराँतका धनाढ्य हरिनन्द उपाध्यायले पृथ्वीनारायणलाई माझकिराँत जित्न आह्वान गरेको प्रसंग उल्लेख गरेका छन् (पृ. ४१) ।

थपिदिऊँ— हरिनन्दले मात्र होइन, सेन राजाका पुजारी रहेका हरिनन्दनका दाजु त्रिलोचन उपाध्यायले पनि मोरङ विजय गर्न गोर्खाली सेनालाई सघाएका थिए । कुनै बेला बाइसी-चौबीसी राज्य र मगरातबाट बसाइँ सरेर पूर्वी नेपाल पुगेका ब्राह्मण र क्षत्रीका सन्तानले सेन राज्यमा राम्रो ओहोदा पाएका थिए । क्षत्रीहरू सैन्य र प्रशासनिक सेवाको उच्च ओहोदामा थिए, ब्राह्मणहरू धनाढ्य थिए । पृथ्वीनारायणको सेना जित्दै पूर्वतर्फ अघि बढेपछि सेन राज्यका पर्शुराम थापा, रामकृष्ण थापा, चामु थापा आदि गोर्खालीको पक्षमा गए । माझकिराँतका ब्राह्मणले पृथ्वीनारायणलाई ऋण र हातहतियार सहयोग गरे (कुमार प्रधान, द गोर्खा कंक्वेस्ट, पृ. १२४) ।

गोर्खालीको पक्षमा आउने उनीहरूको मनोदशा पूर्वी र पश्चिमी मोर्चाबाट एकसाथ हमला हुने देखेपछि पराजयको डरले शत्रु खेमामा जाने नाजी जर्मनीका रुडोल्फ हेसकोसँग मिल्दोजुल्दो थियो । एकपछि अर्को राज्य धमाधम विजय गरिरहेको राजाको पक्षमा कमजोर राज्यका बफादारहरू जानु अनौठो कुरा थिएन । कुनै बेला पाटनका भारदारले ‘योग्य राजा पठाइदिनु पर्‍यो’ भनी पृथ्वीनारायणसँग आग्रह गर्दा उनले भाइ दलमर्दनलाई पठाइदिएका थिए ।

विजय अभियानको आरम्भका दिनमा अन्य राज्यमा बस्ने सजातीयले उनीसँग पौंठेजोरी खेलेका थिए । काठमाडौंका सैनिक काशीराम थापाले गोर्खालीको कब्जाबाट नुवाकोटलाई मुक्त गर्न नसकेपछि क्रुद्ध भएका राजा जयप्रकाश मल्लले काशीराम र आफूले नियुक्त गरेका अन्य पर्वते उमरालाई एकै ठाउँ भेला गरेर काट्न लगाएका थिए । काशीरामका भाइ परशुरामले गोर्खालीविरुद्ध काठमाडौं र बाइसी-चौबीसी राज्यको गठबन्धन निर्माण गरी पृथ्वीनारायणलाई अभियानबाट च्यूत गराउन पनि खोजेका थिए । पोखरामा बसी गोर्खालीविरुद्ध हमलाको तयारी गरिरहेका परशुरामका भाइलाई झागल गुरुङले गाइनेको भेषमा गएर काटेपछि मात्रै पृथ्वीनारायणको विजय अभियान निर्धक्कसँग अघि बढ्न पाएको थियो (जगमान गुरुङ, पृ. १४-१५; दिव्योपदेश, ४-५) ।

खस र मगरबाट ठूलो सहयोग लिएका पृथ्वीनारायणले अन्य राज्यमा रहेका यी दुई समुदायबाट आफ्नो विजय अभियानमा अवरोध हुनसक्ने देखेको पाइन्छ । त्यसैले मकवानपुरमा हमला गर्नुअघि सिन्धुलीगढी दखल गरेर उनले त्यहाँका खस-मगरलाई मकवानपुर जानबाट रोकेका थिए (बाबुराम आचार्य, पृ. २८२) । सिन्धुलीका खस-मगर मकवानपुर पुगे आफूहरूलाई गाह्रो पार्छन् भन्ने भय उनलाई थियो ।

बरु सिक्किमे राजाको निरन्तर हमलाबाट आजित भएका पल्लो किराँततिरको दस लिम्बुवानका लिम्बूहरूले गोर्खाली सर्दार रामकृष्ण कुँवरलाई अरुणपारि चैनपुरमा बोलाएर सुरक्षाको माग गर्दै आफूहरू गोरखाली मातहत रहन मञ्जुर गरेका थिए (बाबुराम आचार्य, पृ. ४२२) । चौदण्डी अन्तर्गतको माझकिराँतको मध्यपहाडी भेग र राजधानी चौदण्डीगढीमा आक्रमण भएपछि माझकिराँतका केही किपटिया राई र बिर्तावालहरूले खोटाङका त्रिलोचन पोखरेलमार्फत पृथ्वीनारायणसँग मिल्न आफूहरू इच्छुक रहेको सन्देश पठाएका थिए । यसबाट प्रसन्न भएर पृथ्वीनारायणले विजयपछि ब्राह्मणको बिर्ता र किराँतको किपट थामिदिने आश्वासन दिएका थिए (ज्ञानमणि नेपाल, पृ. २९७) ।

बरु पृथ्वीनारायणका सजातीय स्वरूपसिंह कार्कीले चाहिँ पृथ्वीनारायणको अभियानमा पछिसम्मै भाँजो हाले । कुनै समय गोर्खाली सेनामा सर्दारी मान पाएका उनले विजयपुरमा पाल्पाली राजकुमार ध्वजवीर सेनलाई राजा बनाउने षड्यन्त्र सफल पार्न इस्ट इन्डिया कम्पनी र कर्णसेनकी विधुवा रानीबीच मध्यस्थता गरिदिए । उनको प्रयासलाई असफल पारी विजयपुरलाई टुक्रिन नदिन गोर्खाली सेनाका कप्तान अंगद घलेले सफल सैन्य कारबाही गर्नु पर्‍यो (जगमान गुरुङ, पृ. ३५) । स्वरूपसिंहले आपूmलाई दिएको दु:ख सम्झेर होला, पृथ्वीनारायणले पूर्व र पश्चिमका खस र बाहुनलाई दरबारमा पस्न (पैठ् हुन) नदिनु, नत्र बाहिरका मान्छेले दरबारमा बेथिति ल्याउँछन् (दिव्य उपदेश, पृ. ७) भनेका थिए ।
३.
युग पाठक लेख्छन्, ‘पृथ्वीनारायणले निर्माण गरेको सत्ता क्षत्री-बाहुन वर्चश्वको हिन्दु वर्णव्यवस्थामा आधारित सत्ता थियो । सेना, प्रशासन, न्याय सबै क्षेत्रमा यही एकल समुदायको पकड स्थापित गर्ने मामलामा पृथ्वीनारायण सचेत थिए ।’ (पृ. ६०)

यसमा दुईवटा कुरा छ । एउटा— पृथ्वीनारायणले निर्माण गरेको राज्य हिन्दु वर्णव्यवस्थामा आधारित थियो । दोस्रो— सेना, प्रशासन, न्याय सबै क्षेत्रमा बाहुन-क्षेत्रीलाई लिनुपर्छ भन्ने पृथ्वीनारायणको नीति थियो । पृथ्वीनारायणको राज्यसत्ता नि:सन्देह हिन्दु वर्णव्यवस्थामा आधारित थियो । र, यस्तो राज्यसत्तालाई उनले विरासतका रूपमा ग्रहण गरेका थिए । किताबमा लेखकले विभिन्न ठाउँमा पृथ्वीनारायणको विजय अभियानसँग जनजाति समुदायको हिन्दुकरणबारे उल्लेख गरेका छन् । तर, पृथ्वीनारायणले विजय गर्नुअघिको काठमाडौं उपत्यका पनि हिन्दु वर्णव्यवस्थामै आधारित थियो ।

उनले पाखा लगाएका सेन राजाहरू आफूहरूलाई हिन्दुपति भन्ने गर्थे । सेन दरबारसँग निकट किराँती मुखियाहरूको क्षेत्रमा हिन्दुकरणले पृथ्वीनारायणको आवागमनअघि नै तीव्रता पाइसकेको थियो । विजयपुरमा सेन राज्य स्थापना हुनुअघिका कोच राजा (? ) विजयनारायणले एकजना किराँती मुखियालाई ‘गाई खाने फोहोरी राक्षस भएको र हिन्दु महिलालाई अपवित्र बनाएको हुनसक्ने’ भन्दै हत्या गरेका थिए । ती किराँती मुखियाका छोरा बजहाङ राईले बाबुको हत्याको बदला लिन लोहाङ सेनलाई विजयपुर सर गर्न सघाए । लोहाङ विजयी भएपछि उनले बजहाङका छोरालाई मन्त्री बनाए । नयाँ मन्त्रीले ‘हाङ’ उपाधि त्यागे र संस्कृत नाम विजयचन्द्र ग्रहण गरे (कुमार प्रधान, पृ. ७१-७३, ८७, १२४) ।

त्यस्तै सेना, प्रशासन, न्याय सबै क्षेत्रमा बाहुन-क्षेत्री इतरकालाई नलिने पृथ्वीनारायणको नीति थिएन । द्रव्य शाहकै पालामा गंगाराम राना न्याय विभागका अधिकारी बनेका थिए (बाबुराम आचार्य, पृ. १२) । राम शाहका पालामै मगरहरू उच्च पदमा नियुक्त हुन थालिसकेका थिए । पृथ्वीनारायणले अमर घलेलाई बार्पाकको उमरा नियुक्त गरेका थिए । काठमाडौंको शिवपुरी डाँडा कब्जा गर्ने गोर्खालीमा देव्या गुरुङ पनि थिए, जो शत्रुको तिघ्रा छनक्कै छिन्ने गरी जोरसँग खुँडा-खुकुरी चलाउनमा कहलिएका थिए । पृथ्वीनारायणकै पालामा सिन्धुलीगढीबाट अंग्रेजलाई धपाउने गोर्खाली फौजमा सर्दार वंश गुरुङ पनि थिए, जसले पाँच सयजति सैनिकको नेतृत्व गरेका थिए (जगमान गुरुङ, पृ. ११, १३ र १९) । पृथ्वीनारायणको पालामा गोर्खाली पल्टनमा तीनजना मुसलमानलाई पल्टनको माथिल्लो पद एड्जुटेन्ट दिइएको थियो (प्रेमसिंह बस्न्यात, शाही नेपाली सेना र प्रधान सेनापतिहरू, पृ. ४) । पृथ्वीनारायणको पालाका शक्तिवल्लभ अज्र्यालकृत नाटक ‘जयरत्नाकर’मा नेपाली पल्टनमा बाहुन, खस, मगर, बौद्ध र नेवार सिपाही थिए भन्ने उल्लेख भएबाट पनि त्यति बेलाको गोर्खाली पल्टन बहुजातीय थियो भन्ने देखिन्छ (दिनेशराज पन्त, पृ. ४५-४६ नेपाली सेनाको इतिहास, सं. मलराज सिंह राठौर) ।
न्याय व्यवस्थामा पनि पृथ्वीनारायणले विभिन्न जातजातिलाई समावेश गराउने नीति लिएका थिए । ‘ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउनु,’ उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८) । सरकारी सूचना फुक्ने र प्रहरीको काम पनि गर्ने कटवाल जनजाति र क्षेत्रीलाई बनाउने थिति त्यति बेला थियो (बाबुराम आचार्य, पृ. ४४९) ।
४.
युग लेख्छन्, ‘इतिहासकारहरूका तमाम कोसिसका बाबजुद नेपाल प्राचीनकालमा विशाल नै थियो भन्ने ठोस प्रमाण कसैसँग पनि छैन । न ‘प्रयाग प्रशस्ती’मा तत्कालीन नेपालको सिमाना उल्लेख छ, न त चाँगुको अभिलेखमा नै (पृ. २४) ।’
नेपाल यति लाख यति हजार यति सय वर्ग किलोमिटरमा फैलिएको छ भनेर त्यति बेला लेखिने कुरै थिएन किनकि यस भेगमा आधुनिक सीमांकन र सीमास्तम्भको अवधारणा बेलायतसँगै भित्रिएको हो ।

ऐतिहासिक तथा पौराणिक स्रोतले नेपाल ठ्याक्कै यत्रो थियो भनेर किटान नगरे पनि नेपालको आकारबारे संकेतचाहिँ गरेका छन् । भारतका गुप्त सम्राट् समुद्र गुप्त (इपु ३३५-३८०) को प्रयाग अभिलेखमा कामरूप (आसाम) र कर्तृपुर (कुमाउ)को बीचमा नेपाल रहेको संकेत गरिएको छ (डा. जगमान गुरुङ, मिलनबिन्दु, अंक १, पृ. १-९) । त्यस्तै महाभारतको वन पर्वका केही श्लोकमा (अध्याय २५४) दिग्विजय अभियानका क्रममा अंगराज कर्ण हिमालतिर रहेको नेपाल आएको र नेपालबाट अंग (मुंगेर), बंग (बंगाल), कलिंग (उडिसा)तिर गएको उल्लेख छ (मदनमणि दीक्षित, त्यो युग, पृ. १) । यसबाट नेपालको पूर्वी र दक्षिणी सीमाना त्यति बेला झन्डै अहिलेकै जत्रो थियो भन्ने देखिन्छ ।
५.
महेन्द्रको पालामा भएको भूमिसुधारबारे टिप्पणी गर्दै पाठक लेख्छन्, ‘(मधेसी जमिनदार)हरूसँग जोडिएका अरू किसान परिवार एउटै घरका भित्ता, छानाजस्ता थिए… त्यसैले हदबन्दीका नाममा कुनै जमिनदारको जमिन खोस्दा बाँकी परिवार स्वत: भूमिहीन सुकुमबासी भए (पृ. ११३) ।’
यो कुरा तराईका मात्र होइन, पहाडका जमिनदारको हकमा पनि लागू हुन्छ । भूमिमा हदबन्दी लगाउँदा तराईका जमिनदारहरूसँग जोडिएका गरिब किसान परिवार भूमिहीन भए भनेर लेखकले तराईमा लगाइएको हदबन्दीको परोक्ष ढंगले विरोध गरेका छन् । जब कि जमिनदार स्वभावैले गरिबमारा हुन्छ, चाहे ती पहाडका हुन्, अथवा तराईका ।

लेखकले किताबमा पटकपटक उद्धृत गरेका फ्रेडरिक गेजले विसं २०१५ को आमनिर्वाचनलगत्तै सप्तरीमा मुठीभर संख्यामा रहेका राजपुत जमिनदारले त्यहाँ ठूलो संख्यामा रहेका गरिब अहिर (यादव)हरूमाथि गरेको अत्याचारबारे उल्लेख गरेका छन् । त्यति बेला राजपुतहरूले सत्ताधारी पार्टी नेपाली कांग्रेसको आडमा दुईजना गरिब अहिरको हत्या गरेका थिए (फ्रेडरिक गेज, रिजनालिजम एन्ड नेसनल युनिटी इन नेपाल, पृ. १४६) । सप्तरीका राजपुतहरूसँग जिल्लाको अधिकतम जमिन थियो । प्रजातन्त्रको अभ्यासबाट अहिर समुदाय अगाडि आउनसक्ने देखेपछि राजपुतहरूले अहिरहरूमाथि त्राहिमाम मच्चाएका थिए ।

‘माङ्गेना : नेपाल मन्थन’को विकाससम्बन्धी लेखभित्रको ‘किसानको चीरहरण’ खण्ड मार्मिक छ, जहाँ तराईका रैथानेहरूको जमिन पर्वते जमिनदारले तिकडम गरेर हडपेको पनि उल्लेख छ, जुन सत्य हो । तर, यस्तो कुकर्मबाट मधेसी जमिनदार पनि अछुतो थिएनन् । तर, यो सत्यलाई लेखकले बेवास्ता गरेका छन् ।
निश्चय पनि हदबन्दीको बढी असर तराईका जमिनदारलाई पर्‍यो किनकि जमिनदारी प्रथा बढी तराईमा थियो । भूमिसुधार व्यवस्थाअनुसार तराईको जमिनदारले आफ्नो नाममा २५ बिघा खेत राख्न पाउँथ्यो । १६ वर्ष नाघेका छोरा र ३५ वर्ष नाघेकी अविवाहित छोरीको नाममा पनि त्यति नै जग्गा राख्न पाउँथ्यो । त्यति बेला तराईका सात अथवा आठ प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन यो हदबन्दीभन्दा माथि परेनन् । अर्थात् भूमिसुधारले मधेसी जमिनदारको जति धेरै जमिन हडप्यो भनी संकेत गरिएको छ, त्योभन्दा धेरै थोरैमात्र हडपेको थियो ।

हदबन्दीबाट सबैभन्दा बढी लाभ सरकार र जमिनदारबाट घूस लिएर लगत तलमाथि गर्ने सरकारी कर्मचारीले पाए । सन् १९६८ को मध्यसम्म हदबन्दीभन्दा माथिको एक लाख ४६ हजार एकड जमिन सरकारले लिएकामा ५६ हजार एकड जमिन मात्र पुन: वितरण गरियो (फ्रेडरिक गेज, पृ. १७३) ।
६.
पुस्तकमा टिप्पणी गर्नुपर्ने विषय थुपै्र छन् । नेपाली भाषालाई माध्यम बनाएर नेपाललाई एकताबद्ध गर्ने प्रयत्नलाई अस्वीकार गर्ने लेखक दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनले नेपाली भाषालाई ‘युनाइटिङ फ्याक्टर’ बनाएकोप्रति पनि रोष व्यक्त गर्छन् । तर, हिन्दी भाषामार्फत मधेसी राजनीतिलाई दह्रोसँग बाँध्नुपर्ने पक्षमा चाहिँ उभिएर दोहोरो चरित्र देखाउँछन् । खस भाषाले नेपाल भाषालाई कमजोर पारेकामा उनको चित्त दु:ख्छ । तर, कुनै समय सेन राज्यले किरातीहरूसँगको अन्तरक्रियामा सम्पर्क भाषा बनाएको मैथिलीलाई (कुमार प्रधान, पृ. ८८) हिन्दीले खाइरहेको अवस्थाले चाहिँ उनलाई पिरोल्दैन ।

दरबारपक्षीय नेपाली भाष्य निर्माणका लागि गोर्खाली वीरगाथा रचिएको बताउँछन्, उनी । तर, यस्तो वीरगाथाका वास्तविक रचयिता बेलायती हुन्, जसले युद्धमा आफूहरूलाई हराउने उजिरसिंह थापा (पाल्पा÷बुटवल मोर्चा), रणवीरसिंह थापा (मकवानपुर मोर्चा) र काजी भक्तवर थापा (विजयपुर मोर्चा)को शोर्यबारे कतै उल्लेख नगरी आफूहरूले हराएका भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा आदिको शोर्यबारे मात्रै बढाइचढाइँ गरी बेलायती वीरगाथालाई उकास्ने काम गरे । राष्ट्र भनेको भूगोल होइन, जनता हो भन्ने भाव व्यक्त गरेर नथाक्ने लेखक सिद्धान्तत: सही देखिएलान् ।

तर, राष्ट्रलाई राज्यको पर्याय सम्झिने नेपाली समाजले भूगोललाई पनि जनताजत्तिकै अभिन्न ठान्छ नै । अर्थात्, बहुसंस्कृतिवादी हुन राज्यलाई घृणा गरिरहनु पर्दैन र नेपालको झन्डा नच्यातीकनै सीमान्तकृतहरूको मांगेना (शिर ठाडो पार्ने काम) सम्भव छ । तर, पाठकले किताबको गातामा नेपाली झन्डा च्यातेका छन् ।

योगी नरहरिनाथको पुनर्जन्म सम्भव छ।

२०७४ असार २४ गते मृगस्थली गोरक्ष गुठीमा कर्णालीका युवाहरूको भेलाले योगी नरहरिनाथ स्मृति कला साहित्य प्रतिष्ठान नेपालको शुभारम्भ गर्‍यो । कर्णालीमा पनि योगी नरहरिनाथको जन्मथलो कालिकोटका युवा साहित्यकारहरूको पहलमा यो कार्यक्रम आयोजना गरिएको थियो । प्राज्ञ मोतिराज बमले सम्बोधनको क्रममा यो जानकारी गराएका थिए ।

दर्जनौ युवायुवतीहरूले मीठा गीत, कविता र गजलले मृगस्थलीको डाँडो गुञ्जायमान गरिएको सभामा योगीका चेला महन्त श्रीश नाथले योगीको बढिमालिकाको यात्रामाथि लोकगीतमा लेखिएको दुर्लभ दस्तावेज पढेर सुनाए । योगीकै जन्मस्थानका शिक्षक बिन्दमान बिष्टले कालिकोटमा कसरी योगीनरहरि नगरपालिकाको स्थापना भयो भन्ने प्रसंगका साथ उनका बाल्यकालका प्रसंगहरूको वर्णन गरे । कर्मबीर महामण्डल स्वयम सेवक संघका महासचिव रबि खडकाले योगीले आजन्म एक्लै विधर्मीहरूको हिन्दुराष्ट्र नेपाल मास्ने षड्यन्त्र बिरुद्ध गरेको युद्ध हामीले जारी राख्छौं भनी उद्घोष गरे ।

मंगल विष्टले परचक्रीहरूका गीद्दे नजर उल्टाउने योगीको अभियान फेरि शुरु भएको दावी गरे । बृहत आध्यात्मिक परिषद्का महासचिव विश्व के.सी. ले हरुवा र भगौडाहरूलाई होइन योगी नरहरि जस्तो जातीय चेतनाका अति विशिष्ट अगुवालाई अविलम्ब राष्ट्रिय बिभूति घोषणा गर्न माग गरे जसलाई सभाका आयोजकहरूका तर्फबाट रत्नकमल विष्टले सामुहिक प्रतिवद्धता जनाए । प्रदीप बोहराले जनता र राष्ट्रको लागि योगीको अतुलनीय बलिदानको रक्षा गर्न कर्णालीका युवाहरू जागेको र अव योगीले निर्माण गरेको जातीय जागरणको ज्योति फेरि जगमगाउने छ भन्ने दावी गरे ।

सभामा नरहरिप्रतिष्ठान झापाका हरिबहादुर छेलिङ लिम्बु, राष्ट्रवादी राजनीतिक जनजागरणका संयोजक मीनराज गुरुङ, देशभक्त नागरिक समाजका अध्यक्ष रामचन्द्र बानिया, पच्चीस प्लसका नेता अनिल योगी सी.टी.भी.टी.का उपाध्यक्ष बीरेन्द्र विष्ट आदि सबै प्रायजसो दल र जनवर्गीय संगठनका नेताहरूको उपस्थिति थियो ।

सभामा मुख्य अतिथिको स्थानबाट मैले कार्यक्रमका आयोजकहरूलाई नवनाथ, चौराशी सिद्ध, चालीस बुद्ध र अठासी हजार ऋषिमुनीहरूकै स्तरमा जागृत पुरुष योगी नरहरिको नाममात्र स्मरण गरे गति पाइनेमा उनका नामबाट प्रतिष्ठान नै खडा गर्नु त ज्यादै उत्तम कर्म गरेकोमा स्याबासी दिएँ । जन्माउने आमा र पाल्ने मातृभूमीको भार तिर्न नसके पशु भइन्छ जसले भार तिर्छ त्यो योगी नरहरि बन्छ, जसले आफ्नो पेट पाल्न मात्र लाग्छ त्यो मानव रुपी पशु हो भन्दा फरक पर्दैन भने ।

योगी वि.सं. १९७१ फागुन १७ गते लालुको चाखा भडारीबाडामा जन्मेका थिए । उनका पिताको नाम ललितसिंह थापा र माता गौरा देवी हुन् । योगीको बास्तविक नाम बलबीर सिंह थापा थियो । भारद्घाज गोत्री बझाङ्गी सिंह ठकुरीहरू कै बंसजका सन्तती हुन र पछि थापा पद सुरक्षाकर्मीका रुपमा राज्यको दायित्व लिदा पाएको कुरा उनका परिवार जनहरूको दावी छ । योगी नरहरिले लेखेको राष्ट्र गीताकै रुपमा रहेको शिखरिणीयात्रा भन्ने पुस्तकमा उनले सतब्रत भन्ने शब्द उल्लेख गरेका छन् । सतब्रत भनेको मान्छेको मृत्युपछि हुने पुनर्जन्म हो ।

यथार्थमा २०४९ फागुन १४ गते ब्रह्मलीन योगी नरहरि कतै फेरि जन्मेका छन छैनन् तर कालीकोटका प्रतिभाशाली युवाहरूको मृगस्थली भेलाले योगी नरहरिको पुनर्जन्म गराएको छ । योगीलाई ललितसिंह थापाले ८ वर्षको उमेरमा मालिका, कैलाश, खप्तड आदि तीर्थहरू जुहार्न लगेकै कारण कतै दैवी कृपा हुन पुगेको र बालक बलबीरलाई लेखपढ् गराउन भनेर योगीका मूलगुरु महन्त क्षिप्रानाथले १३ वर्षको उमेरमा जुम्ला जिल्लाको सान्नी रास्कोट दराको लालुगाउँबाट खलंगा लिएर गए ।

त्यहाँ केही समय उनलाई भैरवनाथको मन्दिरमा पढाउने क्रममा राती टुपी सिलिङको दारमा डोरीमा बाँधेर निन्द्रा भगाउदै पढिरहेको देख्दा यो गोरखनाथ जस्तै सन्त बन्छ भनेर गदगद भएका थिए । क्षिप्रानाथले नै बलबीरलाई कन्फटा जोगी बनाए र बनारस, हरिद्वार, खन्ना हुँदै योगीले मद्रासको संस्कृत विश्वविद्यालयबाट बी.ए. अनर्श गरे । त्यसपछि तिब्बतदेखि श्रीलंकासम्म र अफगानिस्तानदेखि म्यानमारसम्मका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास भाषा र संस्कृतिको अथाह ज्ञान आर्जन गरे । त्यसक्रममा उनलाई प्राचीन लिपी जान्नु पर्ने भएकोले केही समय इन्दोरको बिक्रमादित्य विश्वविद्यालमा गएर पुरातत्वको अध्ययन गरे । त्यसपछि योगी हिन्दुहरूको देशलाई पहिले मुसलमान र अहिले क्रिश्चियनहरूले कब्जा गरेको भन्दै जताततै बिद्रोह मच्चाउन अग्रसर भए ।

दूर हटो रे दुनिया वाले ! हिन्दुस्ताँ हमारा है !! भन्ने नारामा योगीको विद्रोह चल्यो । ठाउँ ठाउँमा उनी गिरफ्तार भए । उनका पिठ्युभरी अंग्रेजहरूले पिटेका घाउहरू स्वयम् देखेको योगीका निकटस्त चेला गोविन्द काफ्लेले भन्ने गरेका छन् । उनलाई कराचीमा जहाँ उनी सात वर्ष जेल बसेर सन् १९४७ मा रिहा भएका थिए त्यहाँ उनलाई मारेर कुहिएका लासहरूको बीचमा खाँदेर फाल्दा पनि बाँचेर आएका थिए । २ वर्ष हिन्दुस्तान पाकिस्तानको सीमानामा मुसलमानहरूले मारेका हिन्दूहरूका लासहरू सतगत गरेर बसे । नाथुराम गोड्सेले कर्मचन्द गान्धीलाई गोलीठोकेर मारेपछि पाकिस्तानबाट लासहरू आउन बन्द भए ।

त्यसैले हरिद्वारमा नुहाएर हिमालयतिर तपस्या गर्न योजनामा रहेका योगीलाई नेपाल दरबारबाट बबर शमशेरले लिन पठाएका मान्छेहरूले भेटे । योगीको जीवनमा एउटा कुरा साह्रै खड्केको थियो । हिन्दुस्तानलाई अंग्रेजहरूले छोडदासाथ कर्मचन्द गान्धी र जवारलाल नेहरुले इतिहासकार राहुल सांकृत्यायनसँग मन्सुरीको होटेलमा तीन दिनसम्म गोप्यरुपमा मन्त्रणा गरी हिमालयदेखि समुन्द्रसम्म नै अखण्डभारत थियो भनी आसपासका स्वतन्त्र देशहरूको इतिहास मेटाउने सल्लाह गरेका थिए । त्यसै अनुसारका पाठ्यसामग्रीहरू बनेर आउँदा त्यहाँका नेपाली विद्यार्थीहरूले डिल्लीरमण रेग्मीको नेतृत्वमा बिरोध जनाएका थिए जसलाई योगीले पनि साथ दिएका थिए ।

त्यसैले राणाहरूको निम्तोलाई स्वीकार गरेर वि.सं. २००२ मा योगी नेपाल फर्के । नेपाल आएपछि उनले स्वतन्त्र राष्ट्रको इतिहासको निर्माण गर्न व्यापक रुपमा अनुसन्धान सुरु गरे । केही राजघरानाहरूका बृत्तान्तमा सीमित नेपालको इतिहासलाई उनले आफ्नो अध्ययन र इतिहासको चेतनाका आधारमा नयाँ तरिकाले उत्खननको प्रारम्भ गरे । सर्वप्रथम उनले नै गोपाल वंशावलीका आधारमा नेपालको विस्तृत ऐतिहासिक सम्भावनालाई उनले आधार बनाए । २०१२ सालसम्म उनी दुल्लु पुगिसकेका थिए र त्यसैबाट त्यहाँको कृतिखम्बमा उल्लेखित सिजाका खस राजाहरूको र कर्णालीको पछिल्लोे इतिहास पत्ता लगाए । उनले त्यसपछिको जुम्ला साम्राज्य र त्यसअघिको मनुको राजधानी मान्म अथवा मानमीको इतिहासका बारेमा पनि केही न केही उल्लेख गर्न सफल भए । कैलाश कर्णाली खण्डमात्रै होइन योगीले नेवार, किराँत, मगरात,अवध, मिथिला, थरुहट, तमुवान, ताम्सालिङ आदि नेपालका विविध राज्यहरूको विभिन्न कालखण्डको इतिहास विना कुनै प्रवाह निर्माण गरे ।

आइने अकवरीका आधारमा नेपाल दिल्लीबाट शासित थियो भन्ने राहुल साँकृत्यायनको जाली तर्कलाई उनले जुम्लाका ताम्रपत्रहरूका आधारमा नेपालको शासन व्यवस्था मौलिक भाषिक संरचनामा आधारित रहेको प्रमाणित गरे । योगीले नेपालको स्वतन्त्र स्वाधीन र अक्षुण अस्तित्वको ऐतिहासिक प्रमाणहरूले पुष्टी गर्दै गएपछि नेपालमा इतिहास निर्माणको आन्दोलन नै चल्यो । योगीले स्वाधीन इतिहासमात्र होइन उनले स्वाधीन राष्ट्र निर्माणका लागि राजनैतिक चेतना पनि निर्माण गरे । अग्रेजहरूबाट हिन्दुस्तान स्वतन्त्र गराएर आएका योगीले यहाँ बैदेशिक चलखेल बिरुद्ध व्यापक रुपमा आफ्ना विचार दिन थाले ।

योगीले सुगौली सन्धिलगायत सन् १९५० को मोहन शम्सेरले गरेको सन्धिको पनि कमिकमजोरीहरूको सार्वजनिक रुपमा विरोध गर्न थालेपछि विदेशीहरू योगीमाथि खनिए । २००८ को कोशी र २०१६ को गण्डकी सम्झौता अनि विदेशी डाल्डा घ्यू भित्र्याउने जस्ता राष्ट्रघाती कामकार्वाहीको उनले खुलेर बिरोध गरे । योगीका विपक्षीहरूले उनलाई राजाबाट सञ्चालित भने र अनेक तरिकाले बदनाम गरे र गोर्खाको जनविद्रोहको नेतृत्व उनले गरेपछि उनलाई समातेर मार्ने योजना गरियो । भागेर जुम्ला पुगेका योगीलाई हात्तीले कुल्चाउने, नदीमा खसाल्ने केही गर्दा पनि नमरेपछि उनलाई हिलै हिलो भएको छिडीको साप र बिच्छी लाग्ने कोठामा भैरहवा लगेर भोकभोकै थुनियो तर उनको ध्यान र योग शक्तिले उनी बाँचे ।

त्यसरी नै पञ्चायत कालमा उनले लर्डमैकाले शिक्षा पद्घतीको बिरोध गर्दै जब पूर्वीय सभ्यता भाषा र संस्कृतिको रक्षाका लागि दाङमा दानबाट बाह्रहजार विघा जमीनमा संस्कृत विश्वविद्यालय खडा गर्न सफल भएपछि काठमाडौं कब्जा गरेर बसेका योगीका शब्दमा इसाई, मुसाई, कसाई र चुसाईले उनलाई फेरि २०३२ सालमा गिरफ्तार गराए र कारागारमा मार्न खोजे ।

तीनचोटी मार्न खोजिए पनि नमरेका र इच्छा मृत्यु भएका योगी महाकवि, ब्रह्मज्ञानी, योगेश्वर, गोरखनाथकै अवतार मानिन्थे । भाषाविद् संस्कृतिविद मात्र नभएर उनी संस्कृत भाषाका कसैले पढ्न नसक्ने व्याख्या गर्न नसक्ने दुरुह लिपी र लेख्यहरूको पनि सरल व्याख्या गर्न सक्दथे । कसैले नदेखेको यती भेटेर फोटो खिचेर मानव जातिको त्यस पूर्खाको विविध वर्णन गर्न पनि उनी सफल थिए । उनले यस पंतिकारलाई धेरै अमृत तुल्य जडिबुटी प्रयोग गर्न सिकाएका छन् । उपचारको हकमा उनी धन्वन्तरी कै अवतार मानिन्छन् । नेपालमा विदेशी विधर्मीहरूको षड्यन्त्रले उनी थुनिएपछि त्यो कुरा राजमाता श्री ५ रत्नलाई थाहा भएपछि राष्ट्रगुरूलाई थुनेकोमा उहाँबाट विरोध भयो ।

पछि उनी रिहा भए र तत्काल भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले बोलाएर दाङको बदला बाबागञ्जमा संस्कृत विश्वविद्यालय स्थापना गर्न अनुरोध गरेकी थिइन । योगी जागरुक सन्त मात्र थिएनन् कहिल्यै नझुक्ने र देशका लागि बलिदान हुन सँधैै तत्पर महान सपुत थिए । उनको प्रसंसा जति गर्दा पनि उनका योगदानहरूको तुलनामा नगन्य हुन्छ । उनी विश्वका २७ भाषा बोल्न सक्थे, जब की राहुल सांकृत्यायनले २१ भाषा बोल्थे भने विनोबा भावेले १७ भाषा बोल्थे । ५७३ पुस्तकका लेखक योगीका हाल ३५९ कृति मात्रै उपलब्ध छन् । योगीका बारेमा विदेशी विधर्मीहरूका षड्यन्त्रले गर्दा सिंहदरबार उनका बिरुद्घ सधै लागेको पाइन्छ ।

मृगस्थलीको सभालाई धनराज बास्तविक, रत्नकमल विष्ट, प्रकाश बम, रमेश शाही, दीपक उपाध्याय, सूर्य भट्टराई, राजकुमार ठकुरी, मीनबहादुर बूढा आदिका कविता गजल र सुरेश रावल र सुशीला धितालका लोगगीत र मधुर गायनले जीवन्त बनाएको थियो । त्यसैले मैले योगीले कर्णालीका युवाहरूमा पुनर्जन्म पाएको अनुभव गरे ।

कृषि बिकास बैंक बैकिङ कसूरका अभियुक्तहरु पक्राउ

 

काठमाडौं, १६ मंसिर
लिमिटेड रामशाहपथ काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु¥याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुमको सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखाको भिमेश्वर नगरपालिका–६ का ४२ वर्षीय रमेशकुमार थापा रहेका छन् ।
उक्त कार्यमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको र सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात सो ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाँउबाट उक्त कार्यमा संलग्न उनीहरुलाई मंसिर १३ गते पक्राउ गरेको हो ।
उनीहरु उपर उच्च अदालत पाटनबाट मंसिर १४ गते ५ दिन म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

काठमाडौँ:
 त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ/फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।

साथै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्तकी बुहारी समानुपातिकमा उम्मेदवार

काठमाडौं: प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन्।

माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन्।प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नी बुहारी चुनावी प्रतिस्पर्धामा रहेको बताए। ‘मेरो छोरा र बुहारी यसअघि नै मसँग छुट्टिएर आफ्नै तरिकाले बसेका छन्। त्यसैले उनीहरु स्वतन्त्र हुन्’ यादवले भने ‘यो उनीहरुको व्यक्तिगत छनोट हो।’

निर्वाचन कानुनले विचार, आस्था, विश्वास र पृष्ठभूमिका आधारमा सबै नेपाली नागरिकलाई चुनाव लड्ने अनुमति दिएको छ। तर आयोगका एक निर्वाचन आयुक्तले प्रमुख आयुक्तको बुहारीको उम्मेदवारीले चुनावसम्बन्धी निर्णय प्रभावित हुन सक्ने बताए। यादव माओवादी कोटाबाट प्रमुख निर्वाचन आयुक्त नियुक्त भएका हुन्।

‘बुहारी मनोनयन हुनेबित्तिकै प्रमुख निर्वाचन आयुक्तले यस विषयमा सार्वजनिक जानकारी गराउनुपर्थ्यो। यसले निर्वाचन आयोगको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ’ ती निर्वाचन आयुक्तले भने।यो खबर नागरिक दैनिकबाट लिएका छ ।

एचआइभी बारे अझै व्याप्त भ्रम र तथ्यहरु

एचआईभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरि नै एउटा रोग भन्दा पनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआइभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइइभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका छन् ।

एचआईभी सम्बन्धी मानिसमा अझै चेतना आइसकेको छैन । संक्रमित व्यतिm देख्न साथ छि–छि र दुरदुरको भावना अझै पनि हाम्रो समाजमा छ ।

एचआइभीले होइन, समाजले लगाउने लान्छान घृणले गर्दा धेरै मानिस खुल्न चाहन्नन् र यसको कारणले धेरैको मृत्यु भइरहेको छ । यौन, यौनिकता अनि प्रजजन् स्वास्थ्यसँग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौं र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजनन् स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ छौं ।

एचआइभी एउटा भाइरस हो । जसको कारणले एड्सको अवस्थामा पुर्याउँछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका छन् । एचआइभी संक्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका मितीमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कूल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआईभीको जोखिममा धेरै भएका समुहहरुमा मुख्यतः
१. वैदेशिक रोजगारीमा रहेका र तिनका परिवारहरु
२. समलिंगी यौन सम्पर्क गर्नेहरु
३. सुइद्वारा लागु पदार्थ सेवनगर्नेहरु
४. असुरक्षित यौनकर्म गर्ने महिला, यौनकर्मी र तिनका सेवाग्राहीहरु ।

एड्सका लक्षणहरु
यो रोग लागेका बिरामीलाई लक्षण भाइरल रोगको जस्तो देखीन्छ त्यसैले कति मान्छे रोग पहिचान गर्नमा झुक्किने गर्छन् ।
ज्वरो आउनु
पखाला लाग्नु
वजन घट्नु
जनै खटिरा आउन सक्छन्
कुपोषणका लक्षणहरू देखिनु
छालाका विभिन्न समस्या आउनु
मुख तथा घाँटीमा काई (सेतो) आउनु
दाँत वा गिजाका समस्याहरू
खोकी वा स्वास फेर्न गाह्रो हुनु
चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि

यसरी सर्दैन
लामखुट्टेले टोकेर
एउटै लुगाफाटो प्रयोग गर्दा
चुम्बन गर्दा
सँगै पौडी खेल्दा
बिरामीको स्याहार सुसार गर्दा
परिवारमा सँगै बस्दा
एउटै भाँडामा खाना खाँदा
हाछ्यूँ गर्दा, खोक्दा
एउटै चर्पी प्रयोग गर्दा

एचआईभी संक्रमितसँ हाँस्दा, बोल्दा, जुठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

यौन स्वास्थ्य अनि प्रजनन् अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ । रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न ¥याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । तर, अझैपनि जनस्तरसम्ममा यो रोग लाग्यो भने लुकाउने चलन छ । अरु दीर्घ रोग लागेका मान्छे जस्तै सम्मानजनक जीवन बाँच्न पाएका छैनन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याकं अनुसार सन् २०१६ को अन्त्य सम्म संसारभर ३ करोड ६७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा ३२ हजार ७३५ जनामा एचआभी संक्रमण भएको अनुमान छ । ती मध्य पुरुषको संख्या २० हजार २३२ र महिलाको संख्या १२ हजार ५०३ रहेको छ । नेपालका वयस्क (१५ वर्षदेखी ४९ वषको उमेर समूहमा ) जनसंख्यामा एचआइभीको व्याप्तता दर ०.१७ प्रतिशत शहेको छ ।

नेपालमा करिब ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालको वर्तमान एचआईभीको अवस्थालाई केन्द्रृत माहामारीको रुपमा परिभाषित गरिएको छ । यसको अर्थमा एक वा सो भन्दा बढी एचआईभी सर्नसक्ने जोखीममा रहेका समुहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण १ प्रतिशत भन्दा कम हुनु हो ।
सन् २०१० देखी सन् २०१६ सम्ममा विश्वव्यापी ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ । यसैगरी सन् २००५ देखी सन् २०१६ सम्ममा एड्सको कारणले मृत्यु ४८ प्रतिशतले घटेको छ । सन् २०१६ सम्ममा कुल एचआईभी संक्रमित मध्य ५३ प्रतिशत मात्र एआरभी उपचारमा छन् । यसै गरी सन् २०१० को तुलनामा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ६८ प्रतिशतले बच्चाहरुमा हुने संक्रमणमा कमी आएको छ । यर्सगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ । सन् २०१६मा नेपालको कुल एचआइभी सक्रमित मध्य ४० प्रतिशत मात्र एआरभी उपचारमा छन ।

सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु भइरहेका छन् ।

बिशेष समाचार

%d bloggers like this: