Year: १ पुष २०७५, आईतवार २३:४९

तीन लाख अश्लिल साइट बन्द गर्ने तयारी  : सञ्चारमन्त्री बास्कोटा

तीन लाख अश्लिल साइट बन्द गर्ने तयारी : सञ्चारमन्त्री बास्कोटा

मुख्य समाचार
तीन लाख अश्लिल साइट बन्द गर्ने तयारी : सञ्चारमन्त्री बास्कोटा
गोरखापत्र संस्थानको  कानुनि सल्लाहकारमा  अधिवक्ता कुमार भट्टराई

गोरखापत्र संस्थानको कानुनि सल्लाहकारमा अधिवक्ता कुमार भट्टराई

मुख्य समाचार, राष्ट्रिय
गोरखापत्र संस्थानको कानुनि सल्लाहकारमा अधिवक्ता कुमार भट्टराई  नियुत हुनु भएको छ उहाको सफल कार्यकाल को सुभकामना
प्रसंसनिय मन्त्रिपरिषद् बैठकले गरेको निर्णय

प्रसंसनिय मन्त्रिपरिषद् बैठकले गरेको निर्णय

मुख्य समाचार, राष्ट्रिय
मितिः २७ मंसिर २०७५२०७५ साल मंसिर २४ गते सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ–१. नेपाल कपडा उद्योग संघले उठाएका मागबारे रायसुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।२. साना किसानहरूले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरिएको छ ।३. भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरू ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरू चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।४. ग्रामीण स्वावलम्बन कोषका कार्यक्रमहरू साना किसान लघुवित्त वित्तीय संस्थाबाट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।५. मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ स्वीकृत गरिएको छ ।६. खानेपानी सम्बन्धी संघीय आयोजनाका काम समयमै सम्पन्न गर्न १६
राष्ट्रपति भण्डारी समक्ष सर्वोच्चको प्रतिवेदन

राष्ट्रपति भण्डारी समक्ष सर्वोच्चको प्रतिवेदन

मुख्य समाचार
काठमाडौँ, २६ मङ्सिर  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।  आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश मिश्रले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।  नेपालको संविधानको धारा १३८ मा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।  उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल र सर्वोच्च अदालतमा सबै न्यायाधीशको सहभागिता रहेको थियो । 
भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने तयारी : प्रधानमन्त्री ओली

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने तयारी : प्रधानमन्त्री ओली

विविध
काठमाडौँ, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।”  समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बत
अस्पतालभित्रै झुण्डिएर आत्महत्या

अस्पतालभित्रै झुण्डिएर आत्महत्या

विविध
काठमाडौँ, २४ मङ्सिर  ः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।  काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिनुभयो । बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् ।  रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ । 
मिटरमा नजाने ट्याक्सी कारवाहीमा

मिटरमा नजाने ट्याक्सी कारवाहीमा

विविध
काठमाडौँ, २१ मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ ।  महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सीलाई आज कारवाही गरेको हो । महाशाखा प्रमुख वसन्तकुमार पन्तले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार पाँच पटकभन्दा बढी कसुर गरेमा छ महीनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था भएकाले त्यसलाई कडाइका साथ लागू गर्ने उहाँले बताउनुभयो । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकलाई महाशाखाको हटलाइन १०३ वा ९८५१२९५१०० मा एसएमएस वा फोन गर्न यात्रुलाई आग्रहसमेत गरेको छ । 
निर्मलाको हत्यारा छिट्टै सार्वजनिक : उप प्रधानमन्त्री पोखरेल

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक : उप प्रधानमन्त्री पोखरेल

अपराध, मुख्य समाचार
काठमाडौँ, २२ मङ्सिर  : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ ।  ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।”  Nirmala Panta  निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उहाँले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउनुहोला भन्नुभयो ।  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिन्छ भन्नुभयो ।&n
मिस वर्ल्ड २०१८ केहि घण्टा मात्र बाँकी : १ सेयरले नेपाललाई विश्व विजेता बनाउन सक्छ

मिस वर्ल्ड २०१८ केहि घण्टा मात्र बाँकी : १ सेयरले नेपाललाई विश्व विजेता बनाउन सक्छ

मुख्य समाचार
केहि घण्टा मात्र बाँकी : १ सेयरले नेपाललाई विश्व विजेता बनाउन सक्छ – धेरै भन्दा धेरै सेयर गरौंचिनमा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागिता जनाएर संसारभर चर्चा कमाइरहेकि नेपाली चेली श्रृङ्खला खतिवडाले राखिन मिस वर्ल्डको इतिहासमै यस्तो रेकर्ड जुन आजसम्म कुनै देशका सुन्दरीले राखेकि छैनन । दुई वटा अवार्ड जितेसंगै यो यस्तो रेकर्ड बन्यो कि जुन आजसम्म कुनै देशका सुन्दरीले बनाउन सकेका छैनन । सँगै मिस वर्ल्ड प्रतियोगितामा दिइने फास्ट ट्रयाक अवार्ड जम्मा ५ वटा मात्रै छन । त्यसमा पनि आजसम्म कुनै देशका सुन्दरीले २ अवार्ड जितेका छैनन । तर मिस नेपाल २०१८ श्रृङ्खलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जित्दै मिस वर्ल्ड प्रतियोगिताको इतिहासमा दुई वटा फास्ट ट्रयाक अवार्ड जित्ने पहिलो सुन्दरी बन्न सफल बनेकि छिन यो संसारभर रहेका नेपालीहरूको लागि खुसिको खबर हो । उनले मल्टिमिडिया अवार्ड र
नेकपाको वैधानिकता विरुद्ध सर्वोच्चमा रिट

नेकपाको वैधानिकता विरुद्ध सर्वोच्चमा रिट

राजनिती, विविध
नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट काठमाडौँ, २१ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी  नेकपाको नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ ।  आयोगले गत असोज ९ गते तत्कालीन नेकपा ९ एमाले र नेकपा ९माओवादी केन्द्र० बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई वैधानिकता दिएको थियो । सो निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ ।